स्वयम्सेवक शिक्षक भर्ना गर्न नमाने पछि प्रमुख प्रशासकीय अधिकृत रावत र अध्यक्ष बुढा बिच जुवारी

जुम्ला ः जुम्लाको गुठी चौर गाउँपालिकाकोे आर्थिक वर्ष २०७१।०८० को नीति तथा कार्यक्रम २०७९ जेष्ठ १० गते हाम्रो १२ औं गाउँसभाले गुठीचौरको शिक्षालाई नै पहिलो प्राथमिकतामा राखी “शिक्षामा लगानी परिवर्तनमा टेवा, सरकारको सफलता घर घरमा सेवा“नारालाई आत्मसात गर्दै, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, पूर्वाधार विकास लगायत अन्य सामाजिक तथा आर्थिक विकासका पक्षहरुलाई जोड दिइ नीति तथा कार्यक्रम ल्याएको थियो । त्यही निती तथा कार्यक्रमलाई आधार मानी २०७९ देखी केही बिद्यालयहरुलाई निजि स्रोत बाट भन्दै शिक्षक भर्ना गर्न लगाएको पाइएको छ ।

तर पालिकाको आन्तरिक स्रोतले नभ्याउने र माथी बाट आएको सशर्त बजेट लाई रुपान्तरण गरी स्वयम्सेवक शिक्षक भर्ना गर्न नमिल्ने भन्दै गुठीचौरगाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवकी रावतले स्वयम्सेवक शिक्षक भर्ना गर्न नमाने पछि गुठीचौरु गाउँपालिकाका बिवाद सूरु भएको हो ।

गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले शिक्षा क्षेत्रलाई विशेष सुदृढीकरणका हामीले १२ औं गाउँसभाबाट यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा विगत लामो समयदेखि रहेको विद्यार्थीको अनुपातमा शिक्षकहरुको अभावलाई हल गर्न विद्यालयको शैक्षिक सुदृढीकरण (स्वयम सेवक शिक्षक) शिर्षकमा रु ४५०००००(पैचालीस लाख) र विद्यार्थीहरुलाई प्रविधिसँग जोड्नका लागि कम्प्युटर शिक्षक व्यवस्थापन शिर्षकमा रु ८६००००(आठ लाख साठी हजार) बिनियोजन गरेको बताए । उनले भने,” यसरी बजेट बिनियोजन गरि सकेपछि यसलाई कार्यान्वयमा ल्याउनका लागि आवश्यक स्वयम सेवक शिक्षक भर्ना प्रक्रियाका लागि कार्यविधि बनाउन यस गाउँपालिकाको शिक्षा ऐन र शिक्षा ऐन २०२८ लाई आधार मानी गुठिचौर गाउँपालिकाको शिक्षण सिकाइ अनुदानकोटामा स्वयम् सेवक शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि–२०७९कार्यपालिका बैठकबाट पास गरि कार्यान्वयनमा लैजाने निर्णय गरेको बताउँछन ।उनले भने,’ यस अघिका प्रमुख प्रशासकिय अधिकृत सिंह बहादुर खत्रीले नमानेका कारण बिवाद उत्पन्न भयो ।उनी सरुवा भएर गए ।

त्यस पछि अहिलेका  प्रमुख प्रशासकिय अधिकृत देवकी रावतले पनि स्वयम् सेवक शिक्षक भर्ना गर्न मिल्दैन संघीय सरकारको राय लिन्छु भन्दै कार्यान्वयनमा लैजान आनाकानी गरेकाले फेरी पनि बिवाद सूरु भएको अध्यक्ष बुढाको दाबी छ ।अध्यक्ष बुढा सहित केही जनप्रतिनिधिले गाउँपालिकाका बिकासमा कार्यकारी अधिकृत बादक भएको भन्दै बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका छन ।तर त्यो सम्मेलनमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख र उपाध्यक्ष सहितको केही जनप्रतिनिधिको टिमको उपस्थिती भने थिएनन ।

गुठीचौर गाउँपालिकामा अपुग भएको शिक्षकको दरबन्दी र बिद्यार्थीको संख्या भने प्रेस नोटमा उल्लेख छैन । तर अध्यक्ष बुढाले प्रशासकिय अधिकृतलाई सकभर स्वयंसेवक शिक्षक भर्ना गर्न र नसकिने भए बिद्यालयलाई त्यो रकम अनुदान दिन दबाव दिएका छन । उनले यो माग सम्बोधन भए पालिकाका सबै सेवा बन्द गरी आफै तालाबन्दी गर्ने समेत प्रशासकिय अधिकृतलाई बताउदै आएका छन ।
त्यस्तै यता प्रमुख प्रशासकिय अधिकृत देवकी रावतले पालिकाको अन्तरिक स्रोत भएको खण्डमा राख्न पाउने ब्यवस्था छ । तर माथीबाट आएको रकम रुपान्तरण गरेर स्वयंसेवक शिक्षकका रूपमा भर्ना गर्न नमिल्ने बताइन । उनले भनिन ,कतै बिद्यार्थी अनुपातमा शिक्षक छैनन त कतै शिक्षक छन बिद्यार्थी छैन ।

सबै मिलेर दबन्दी मिलान गर्ने र अपुग रहेका बिद्यालयहरुको लागी दरबन्धी माग गर्ने उपाय हुदा हुदै पनि मनोमानी तरिकाले अध्यक्षबुढाले शिक्षक भर्ना गर्न दवाब दिएको बताइन । उनका अनुसार यो विद्यालयको शैक्षिक सुदृढीकरण (स्वयम सेवक शिक्षक) भर्नाको बिषय महुमतले पारित पनि भएको देखिदैन ।उनले,भनिन,अर्को कुरा कार्यपालिका बनाएको शिक्षा कार्यबिधि संघिय शिक्षा एैन संग बाजिएको छ । त्यसैले शक्षिक सुदृढीकरणको नारालिने अनि स्वयंसेवक शिक्षकका रूपमा आफ्नो कार्यकर्ता भर्ना गर्दा शिक्षामा गुणस्तर नआउने बताइन । शैक्षिक सुदृढीकरण अन्तरगत्त बिज्ञान , गणित ,अंग्रेजी बिषयका लागी माथी बाटै बठाएको छ ।
अध्यक्षको मौखिक निर्देशनमा साउन महिना मै निजि शिक्षक राख्न लगाइयो
त्यस्तै गुठीचौर गाउँपालिकाका उपाध्यक्ष शान्ति मल्ले (भण्डारीले) स्वयंसेवक शिक्षक भर्ना गर्नका लागी पास भएको कार्यबिधि बारे जानकारी नभएको बताइन । उनले यो कार्यबिधि पास गर्दा मथिइन । उनका अनुसार कर्मचारीले नियममा टेकेर काम गुर्न पर्ने होला कार्यपालिकाले निणर्य गर्दैमा सबै कार्यन्वयन हुन्छ भन्ने पक्षमा म छैन ।उनले थपिन,”साउन मै बिद्यालयमा निजि शिक्षक भर्ना गरेको भन्ने बिषयको हल्ला सुनेको हु ।उनका अनुसार अध्यक्षको मौखिक आदेशमा राखियो भन्ने छ पालिकाबाट कुनै लिखित निणर्य भएको छैन ।
त्यस्तै त्यहाका स्थानीय रामहरि धितालका अनुसार गाउँपालिकाले दिएको निर्देशन अनुसार त्यहाका बिद्यालयमा साउन देखी नै शिक्षक राखी सकेका छन । ती शिक्षकहरु गाउँपालिकाले बिज्ञापन गरेर राखेको होइन । बिद्यालयलाई निजि निजि शिक्षक भनेर राख्न लागाएको हो ।उनका अनुसार उनीहरुलाई तलब खुवाउनका लागी कार्यबिधि पास गर्न लगाएका हुन । शैक्षिक गुणस्तर बढाउने भन्दै राखीएका निजि शिक्षक सबै नेपाली काँग्रेस पाटीको अस्था बोकेका रहेका छन ।त्यहाका स्थानीय अनुसार त्रिभवन माबी ,सत्यादेवी माबीमा राखीएका निजि शिक्षकले तलब खाना पाएका छैन ।

यस्तो छ संधिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको राय पत्र
संधिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मितिः– २०७९÷११÷२८ पत्र सं.ः– २०७९÷८० चलानी नं.ः २२२मा त्यो पत्रमा तहाँ गाँउपालिकाको च.नं १२१२ मिति २०७९÷११÷१९ को पत्रबाट चालु आ.व मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत दरबन्दी बेगर हुने शिक्षकहरुको भर्ना सम्बन्धी राय माग भई आएको सन्दर्भमा लेखिदै छ ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७५ को दफा २१ (४) मा प्रदेश तथा स्थानीय तहले आफूले उठाएको राजश्व र यस ऐन बमोजिम राजश्व बाँडफाँडबाट प्राप्त हुने रकमबाट प्रशासनिक खर्च पुग्ने गरी राजश्व र व्ययको अनुमान पेश गर्नुपर्ने व्यवस्था छ ।
साथै, स्वीकृत दरबन्दी अन्तरगतका शिक्षकहरुको तलव भत्ता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत सशर्त अनुदानबाट स्थानीय तहमा वित्तिय हस्तान्तरण हुने व्यवस्था रहेको छ । अतः स्वीकृत दरवन्दी भन्दा बाहेकका स्वयंसेवक शिक्षकको तलब भत्ता चालु प्रकृतिको प्रशासनिक खर्च अन्तरगत पर्ने देखिएकाले सो सम्बन्धी खर्च समानीकरण अनुदानबाट व्यहोर्न मिल्ने देखिदैन । तर स्थानीय तहको आन्तरिक आयको सिमा भित्र हुनेगरी स्थानीय आवश्यकता बमोजिम स्वीकृत वार्षिक कार्यक्रमको अधिनमा रही शिक्षकको तलव भत्ता भुक्तानी गर्न सकिने व्यहोरा समेत निर्णयानुसार अनुरोध छ ।