आत्म निर्भर बन्दै तातोपानीका महिला

जुम्ला ः जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले महिलाई आत्म निर्भर बनाउने बताइन । उनले आफ्नो कार्यकालमा महिलालाई सिप सिकाएर आत्म निर्भर बनाउने बताइन ।उनका अनुसार तातोपानी वारागाउँका महिलालाई सिलाइकटाइ तालिम दिएको छ ।
तानोपानी गाउँपालिकाले ४५ दिने सिलाइकटाइ तालिम दिइएको गाउँपालिका उपाध्यक्ष रेवति रावलल बताइन । उनले भनिन,” प्रमाणपत्र तथा ११ वटा मेशिन तथा २२ वटा आईरन हस्तान्तरण समेत गरिएको छ ।उनका अनुसार महिलाहरुको यहाका महिलाहरुले सिप सिकेर उद्यमशिलता बन्ने चाहाना राखेकाले लगानी गरिएको छ । जनतासँग उपाध्यक्ष कोषबाट ११ वटा आधुनिक ईन्टरलक मेशिन उपलब्ध गराईएको छ ।
त्यस्तै तातोपानी गाउँपालिका सात की मनमाया रावत अहिले सिलाईकटाई गरेर जिविकोपार्जन गर्न सजिलो भएको बताइन । मनमायालाई केही बर्ष पहिले सिलाई कटाई तालिमबाट शिप सिक्ने ईच्छा थियो । तर अहिले गाउँपालिकाले पुरा गरेको छ ।
यस अघि पनि केही सिप सिकेको थिए । तर शिप सिकाईमा केही अभाव भएको थियो । तातोपानी गाउँपालिकाले लिएको सिलाईकटाई स्तरउन्नति तालिमले फेरि सिक्ने अवसर पाएको बताइन ।

त्यस्तैै तातोपानी ७ ताम्तिकी हरिकला रावतले अहिले ४५ दिने तालिमबाट आधारभुत कपडा सिलाउने ज्ञान भएको र अव व्यवसायिक रुपमा घरमै पशल राख्ने तयारी गरिएको बताइन ।

मनमाया र हरिकला जस्तै बारागाउँ, ताम्ति, सुर्की र सर्मीका २२ जना महिलाहरुलाई गाउँपालिकाद्धारा स्तरउन्नति तालिम दिईएको छ । उनिहरुले गाउँमै पशल स्थापना गरि काम गरिरहेका छन् । उपाध्यक्ष कोषबाट ११ वटा आधुनिक ईन्टरलक मेशिन उपलब्ध गराईएको छ । उनिहरुले व्यवसायीक वन्नका लागि दोस्रो पटक ४५ दिने शिप विकास स्तरउन्नति व्यवसायीक तालिम दिइएको हो ।

सहभागी पशुपति रावतले पहिला सामान्य कपडा सिलाउन पनि कुडारी र बजार जानुपर्ने वाध्यता अव हराएको छ ।उनिहरुले अहिले गाउँमै विद्यालय पोषाक, चोला, कुर्ता शुरुवाल, भोटो म्याक्सी लगायतका कपडा सिलाउने गरेका गरिवि निवारण लघुउद्यम विकास कार्यक्रम तातोपानीका बरिष्ठ उद्यम विकास सहजकर्ता हरि कामीले बताइन ।

शिप सिकिसकेका दुईजना महिला वरावर एक ईन्टरलक मेशिन उपलब्ध गराईएको छ। ४५ दिने तालिमका लागि शिप विकास तालिमका लागि गाउँपालिकाको लघुउद्यम विकास कार्यक्रम (मेडपाले) सहयोग गरेको छ । यसको लागत ४ लाख १० हजार रुपैया लागेको छ ।

 

सम्बन्धित समाचार