ईलाका प्रहरी चौकी हाटसिजामा प्रजिअ केशरीको अनुगमन

जुम्ला : जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले प्रहरी चौकीे स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन । शान्ति–सुरक्षा र अमन चयन कायम राख्दै जनताहरुको शुरक्षा गर्नका प्रहरी चौकी अनुगमन गरिएको हो ।कनका सुन्दरी मन्दिरको परिसरमा रहेको इलाका प्रहरीचौकीमा पुगेका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाका बिषयमा कसैसंग सम्झौता नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल र प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्की , शसस्त्र प्रहरीबल जुम्लाका एसपी चेतराज जोसी सहितको टोली पुगेको थियो ।

त्यहाँको भौगोलिक बस्तुस्थितिका बारेमा समते अवगत गराएका छ । उक्त इलाका प्रहरी चौकीमा १७ जनाको दरबन्दी रहेको छ । शान्ति सुरक्षा कायम गर्न परिचालन अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन गरिएको हो ।

सम्बन्धित समाचार