लागुऔषध दुर्व्यसनी बिरुद्ध सबै निकाय जिम्मेवार बनौं : अध्यक्ष आचार्य

जुम्ला ः जुम्लाको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामादर प्रसाद आचार्यले लागुऔषध दुर्व्यसनविरुद्धको अभियानमा सबै लाग्नु पर्ने बताए ।उनले जिल्ला प्रहरी र प्रशासनले संयुक्त रुपमा आयोजना गरेको लागुऔषध विरुद्धको सचेताना कार्याक्रममा यस्तो बताएका हुन ।
त्यस्तै अध्यक्ष आचार्यले भने,घर परिवारले आफ्नो छोराछोरीको स्कूलले समय बाहेक जाने ठाउँ र साथी संगत गर्ने साथीहरुको जानकारी राख्नु पर्छ । उनका अनुसार यस्ता गलत कार्यबाट बच्चाहरुलाई बचाउनु पर्ने अहिलेको आबश्यकता छ ।

सबै निकाय जिम्मेवार भइन लागुऔषध बिरुद्धको अभियानमा लाग्न जरुरी छ । उनले भने, जुम्ला जिल्लाको हकमा राजनितिक संरक्षणले अपराधिक गतिबिधि बढ्न थालेको छ । लागुर्औषधमा लागेका ब्यक्ति लाई लुकाउने, राजनितिक सरक्षणले सजाय नदिने जस्ता कार्यले समाजमा अपराधिक गतिबिधि ब्याप्त्त रहेका हुन ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले लागुऔषधविरुद्धका सचेतना फैलाउन थालेको बताए । उनले अभिभावक र छरछिमेकलाई दुर्व्यसनीविरुद्ध सजग गराउन थ प्रहरी प्रशासनले थालेको बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाले यस अघि केही पालिका र विद्यालय स्तरमा लागुऔषधविरुद्धको सचेतना अभियान पनि गरेका थियो ।

जिल्ला प्रशासन कार्यालय जुम्ला र प्रहरीकार्यालयले यहाँका सबै तहका विद्यालयमा लागुऔषधविरुद्धको सचेतना फैलाउने अभियान पटक पटक गर्दै आएकोे छ। उनले भने,” विद्यालय ज्ञान आर्जन गरेर समाजलाई सचेत बनाउँदै लग्ने थलो भएकोले शुरुवात विद्यालयबाटै गर्न जरुरीछ प्रमुख जिल्ला अधिकारी केशरीले भने,’अहिलेको विद्यार्थी असल सेवक बन्न सकोस, कुसल राष्ट्सेवक र नेतृत्वकर्ता बन्न सकोस भन्ने ध्यायले विद्यालय र स्थानीय पालिकाहरुमा अपराधिक गतिबिधि बिरुद्धका कार्यक्रमलाई प्राथमिकता दिन जरुरी छ ।यो अभियान विद्यालय, गाउँ, टोल बस्ती सबै ठाउँ पु¥याउन आबश्यक रहेको छ ।

प्रजिअ केशरीका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई लागुऔषधविरुद्धको अभियानमा रुपान्तरण गरेको छ। त्यस्तै पछिल्लो समयमा लागुऔषध दुर्व्यसनीका क्रियाकलाप बढ्न थालेको भन्दै सुरक्षित कर्णादी प्रदेश बिशेष अभियान मार्फत प्रहरीले सुझाब संकलन गर्न थालेको छ । उनले भने,” सबै निकाय जिम्मेवार बनेर समाजमा जनचेतना प्रदान गरेर लागुऔषधविरुद्धको क्रियाकलाप ठप्प पार्नु अहिलेको आवश्यकता हो।

प्रजिअ केशरीले,” प्रहरीको एकल प्रयासले मात्रै लागुऔषध नरोकिने बताए । सबै मिलेर लागुऔषध दुर्व्यसनीका क्रियाकलाप पूर्ण रुपमा बन्देज गर्नुपर्छ। उनले भने,”कर्णाली राजमार्ग सञ्चालनमा आएसंगै लागुऔषध ओसारपसार र सेवन गर्नेको संख्या बढिरहेको छ। जुम्ला लागुऔषधको प्रभावित जिल्ला बन्दैछ। पछिल्लो समयमा सिजाको ग्रामिण क्षेत्रमा बढी लागुऔषध सेवन तथा ओसारपसार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी केशरीले भने,’स्थानीय प्रहरी प्रशासनले कडा रुपमा अध्ययन अनुसन्धान र नियन्त्रण गरिरहेको छ। विद्यालय स्तरमै पुगेर लागुऔषधको कानुनी ज्ञान प्रदान पनि गरिरहेको छ। अब सबै एकजुट बनेर गाउँबस्ती र छरछिमेकमा लागुऔषधविरुद्धको सन्देश फैलाउनु पर्छ।

१५ देखी २४ उम्मेर समुहका ५२ प्रतिशत
नेपालमा १५ देखी २४ वर्ष सम्मको लागुऔषध दुब्र्यसनीमा लाग्ने उम्मेर समुहका ५२ प्रतिशत रहेका छन । यस्तै २५ देखी ३५वर्ष सम्मका४२ प्रतिशत रहेका छन । त्यस्तै ३१ प्रतिशत पलास टु पास गरेका बिद्याथीको समुह रहेको छ ।३० प्रतिशतको संख्या जागृरे परिवारका छोरा छोरीहरुको लागेको देखिने गरेको जुम्लाका प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बताए । उनले भने,”लागु पदार्थको कुलतमा फस्ने व्यत्तिहरुलाई सुरुमा चिन्न गारो हुन्छ ।

तर पनि त्यस्ता व्यत्तिहरु एकान्त वस्न मन पराउने, नियमित कृयाकलाप बाट भाग्न खोज्ने, कारणविना रिसाइरहने, दैनिक कार्यमा विनासुचना अनुपस्थित भैरहनु, राम्रो कुरा सुन्न नचाहने, पैसाको हिसाब किताब नदेखाउनु, पैसा सामान चोरी हुदै जानु, अमिल्दो पहिरण, अमिल्दो कपाल कटाई, घरवाट लुसुक्क वाहिर जानु,कम वोल्ने, झुटो बोल्ने,आखाँ जुधाएर कुरा नगर्ने,राता आँखा, राम्ररी नसुत्ने,साथमा दुब्र्यसनमा लागेको भन्ने कुरा बुझनु पर्छ ।
लागु औषध दुव्र्यसेवन वाट कसरी बच्न र बचाउन सकिन्छ?
जुम्लाका प्रहरी नायब उपरिक्षक कार्कीले घर परिवारले आफ्नो छोराछोरीको निगरानी राख्नु पर्ने बताए । उनका अनुसार बच्चाहरुलाई अध्ययनको साथै सामाजिक, सांस्कृतिक तथा अन्य काममा पनि ब्यस्त राख्नेु पर्ने आबश्यकता देखिएको छ । उनले खराब संगतबाट टाढा राख्ने, लागु पदार्थ र त्यसको असरबारे प्रथामिक तहमा बिद्यालयहरुमा सचेतना दिनु पर्ने बताए ।
डिएसपी कार्कीले परिवारले बुझ्ने र बुझाउने, लागु पदार्थ दुव्र्यसेवनमा लागिसकेका लाई उपचार तथा पुर्नस्थापना केन्द्रमा पठाउने व्यबस्था गर्ने अनुरोध गरे । लागु पदार्थको कारोबारीलाई कानुनको कठघरामा उभ्याउन नागरिकले प्रहरीलाई सुचना दिनुपर्ने बताए । लागु पदार्थका दुव्र्यसेवनी लाई अपराधिको रुपमा नहेरी यो एक प्रकारको रोग हो उपचार गरे निको हुन्छ भन्ने सन्देश ब्यापक रुपमा फैलाउने उनले कनकासुन्दरी गाउँपालिकालाई अनुरोध गरेका छन ।


त्यस्तै नेपालमा बढ्दो गरिवी, बेरोजगारी, अशिक्षा, चेतनाको कमी, सामाजिक परिवेश जस्ता कारण, राजनीतिक असफलताको कारण तथा प्रहरीको कारर्वाही फितलो हुनुको कारणले यो समस्या दिनानुदिन बृद्धि हुँदै गैरहेको कनका सुन्दरी गाउपालिकाका ४का वडाध्यक्ष भिम बहादुर भण्डरीले बताए ।उनले यस्ता कार्याबिरुद्ध वाडा सरकार सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै लागुऔषध निषेध गर्न स्थानीय सरकारले लागुऔषधविरुद्धको कार्ययोजना बनाउनु पर्ने जुम्लाका साहयक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन । उनले भनिन’लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा जुम्लावासीको साथ चाहिन्छ।’ स्थानीय सरकारले लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रको पहिचान गर्ने र गाउँबस्तीदेखि विद्यालयस्तरसम्म सचेतनाका क्रियाकलाप अघि बढाउनु पर्न आबश्यक देखिन्छ ।

 

 

 

 

सम्बन्धित समाचार