सामाजिक बिकृति बिरुद्धको अभियानमा सक्रिय भण्डारी वडाका महिला

जुम्ला : चन्दननाथ नगरपालिका दुइ भण्डारी वडाका महिला सामाजिक बिकृति बिरुद्धको अभियानमा लागेका छन । बालविवाह , मदिरा,लागुऔषधर जुवातासबाट हुने बिकृतिलाई रोक्न सक्रिय भएर लागेका हुन । भाण्डारी वाडा समाज सुधार महिला समितिको आयोजनामा र बागेश्वरी शुसासन नेपालको समन्वयमा हरेक गाउँ टोलमा हुने आपराधिक गतिविधिका बारेमा सडक नाटक देखाइएको छ । घरेलु मदिरा कानुनी रुपमा अवैध भए पनि जुम्लामा निर्वाध रुपमा उत्पादन, सेवन र बिक्री भइ रहेपछि समाज सुधार महिला समितले यसको नियन्त्रण गर्ने बताएका छन ।

त्यस्तै भण्डारी वडा समाज सुधार महिला समितिले पहिलो पटक बालमन्दिरमा बालविवाह गर्ने , मदिरा खाने , जुवातास खेल्ने लागुऔषधमा लागेकालाई सचेत गाराउनका लागी सडक नाटक देखाइएको भण्डारी वडा समाज सुधार महिला समितिका अध्यक्ष हिमालक्ष्मी भण्डारीले बताइन । उनले भने, सामाजिक बिकृती बिरुद्धको अभियान भनेको सूरुसूरुमा सम्झाउने बुझाउने, हो । समाजमा सचेतना दिइने छ । त्यस पछि सुधानर नभएको खण्डमा कानुनी दायरामा ल्याउनका लागी प्रहरी प्रशासनलाई सहयोग गर्ने बताइन ।त्यस्तै जुम्लामा सधैजसो मदिरा र जुवाजातमा समय र पैसा खर्च गर्ने मदिराका कारणले महिला हिंसा हिंसा गर्ने पुरुषहरु सम्झाउने बताएका छन ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जुवातास ,बालविवाह ,लागुऔषद र मदिराले गाउँघरमा बिभिन्न विकृति ल्याएकोले त्यसलाई रोक्न अभियान थालेको प्रति अधार ब्यक्त गरे । उनले भने, यस संस्थामा आवद्ध महिलाहरुले थालेको अभियान समाज परिबर्तनको लागी सहयोग पुग्ने छ । प्रजिअ केशरीले थपे, लागुऔषध दुब्र्यसनी जस्ता क्रियाकलापका बिरुद्ध सबैको हातेमालो हुन जरुरी छ । प्रहरी प्रशासन सभ्य समाज निमार्ण र शान्ति सुरक्षाको लागी सधैब तयार छ । उनले समाजका हुने गलत कार्यहरुको सुचना दिइ प्रहरी प्रशासनलाई सहयोग गर्न सचेत नागरिकलाई अनुरोध गरेका छन ।

त्यस्तै चन्दननाथ नगरपालिका २ का वडाध्यक्ष हेम बुढ्थापाले मदिरा र जुवातास बिरुद्ध महिलाले चलाएको सशक्त अभियानले अपराधिक गतिविधीमा समेत कमी आउने बताए । उनले जुवातास , बालविवाह , लागुऔषध र मदिराबाट हुने बिकृति रोक्न स्थानीय सरकारले पनि सहयोग गर्ने बताए । सामाजिक कुरिती बिरुद्धको अभियानलाई सबैले सहयोग गरे आफ्नो गाउँघरलाई सधै शान्त राख्न सकिने देखिन्छ ।

सम्बन्धित समाचार