रामचन्द्र पौडेलले ग्रहण गरे निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । राष्ट्रपतिमा निर्वाचित पौडेललाई निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले प्रमाणपत्र वितरण गरे ।

बिहिबार संसद भवनको ल्होत्से हलमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आयोगले मतपरिणाम घोषणा गरेको हो ।

बिहीबार भएको चुनावबाट रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले एमालेका सुवास नेम्वाङलाई पराजित गरे ।

अब नवनिर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन् । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल यही २९ फागुनमा सकिँदैछ ।

सम्बन्धित समाचार