राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्रले भने– राष्ट्रिय एकताको पहल गर्नेछु

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकता कायम गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि बिहीबार पहिलो प्रतिक्रिया दिँदै उनले संविधानको रक्षा गर्दै राष्ट्रिय एकता कायम गर्न पहल गर्ने बताए ।

बिहीबार भएको राष्ट्रपति चुनावमा पौडेलले सुवास नेम्वाङलाई पराजित गरेका थिए । पौडेललाई कांग्रेस, माओवादीलगायत ९ दल र केही स्वतन्त्र सांसदको समर्थन थियो । उता नेम्वाङलाई भने एमालेको मात्र समर्थन थियो ।

प्रदेशसभाका सदस्य र संघीय संसदका सदस्यले राष्ट्रपति चुनावमा मतदान गरेका थिए । आजै मतदान भएर आजै मतपरिणाम घोषणा गरिएको हो । निर्वाचन आयोगले निर्वाचित उम्मेदवारलाई आजै विजेताको प्रमाणपत्रसमेत वितरण गरिसकेको छ ।

सम्बन्धित समाचार