वामपन्थी राजनीति छाडेर कांग्रेसमा होमिएका रामचन्द्र, वामपन्थीको सहयोगमा राष्ट्रपति

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचन नेपालको तेस्रो राष्ट्रपतिको रुपमा निर्वाचित भएका हुन् । उनले एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् । एमालेका नेम्वाङले १५ हजार ५१८ मतभार पाए ।

राजा महेन्द्र शाहले २०१७ सालमा कु गरेपछि वामपन्थी विद्यार्थी राजनीति छाडेर पौडेल कांग्रेसमा लागेका थिए । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना हुँदा केन्द्रीय सदस्य भएका पौडेलले राजनीतिक बन्दीका रूपमा पटक पटक गरी १३ वर्ष जेलजीवन बिताएका छन् ।

२०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आमनिर्वाचनमा उनी गृहजिल्ला तनहुँ १ बाट निर्वाचित भएका थिए । त्यसयता २०७४ सालमा बाहेक पौडेल तनहुँबाट छ पटक सांसद निर्वाचित भए । पौडेल प्रतिनिधिसभाको सभामुख र,शान्तिमन्त्री, उपप्रधानमन्त्री बनिसकेका छन् । कांग्रेसको महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापतिसम्मत भएका पौडेल १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए ।

लामो राजनीतिक जीवनमा सभामुखबाहेक मुलुकको कार्यकारी पदमा पुग्न सकेका थिएनन् । राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सम्हालेसँगै पौडेलको राजनीतिक जीवनले विश्राम लिनेछ । पौडेलले नेपाली साहित्यमा एमए र संस्कृतमा शास्त्री गरेका छन् ।

रामचन्द्र पौडेल (राष्ट्रपति)

जन्मः २००१ असोज २९ गते, शनिबार
आमास् ऋषिमाया पौडेल
पितास् दुर्गाप्रसाद पौडेल
श्रीमतीस् सविता पौडेल
छोराछोरीस् चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा, एक छोरा चिन्तन पौडेल)

जन्मस्थानः तनहुँ जिल्ला साविक मिर्लुङ, बाहुनपोखरा, हालको व्यास नगरपालिका(८
पारिवारिक स्थितिस् मध्यमवर्गीय किसान परिवार
स्थायी बसोबासस् व्यास नपा–८, बेलथुम्की, तनहुँ
हालको ठेगानास् कामनपा (१६ बोहोराटार, बालाजु

शिक्षास् शास्त्री ९संस्कृत साहित्य, २०२४०, स्नातकोत्तर ९नेपाली साहित्य २०२७०

राजनीतिक संलग्नता

हिमालयन छात्र संघ स्थापना ९पोखरामा०, २०१६ । पोखरा विन्ध्यवासिनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठरअसारमा नेपाल संस्कृत छात्र संघको काठमाडौं अधिवेशनमा प्रतिनिधि ।

२०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरी प्रधानमन्त्री बीपी कोइरालालगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी ।

नन्दीरात्रि माविबाट एसएलसी उत्तीर्ण ।

नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष ।

रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष ।

जुद्धोदय हाईस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व ।

२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९र२० सालमा उपत्यका आन्दोलनमा गिरफ्तार । २०२०र०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफ्तार ।

गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३ ।

सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित, २०२३ ।

प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४ ।

नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ ९संघको स्थापनामा मुख्य भूमिका निर्वाह० ।

कांग्रेस तनहुँको सदस्य ९२०३४० र जिल्ला उपसभापति ९२०३६० ।

जनमतसङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित कांग्रेस तनहुँ समितिको संयोजक २०३७ ।

कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४०

कांग्रेस केन्द्रीय सदस्य, २०४३

कांग्रेस महामन्त्री, २०६२ –२०६४०

कांग्रेस उपसभापति, ९२०६४–२०७२०

कांग्रेस संसदीय दलको नेता, ९२०६४ –२०७०० ।

कांग्रेस केन्द्रीय कार्यवाहक सभापति, २०७२ , कांग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर ।

जेलजीवन

भरतपुर कब्जा गर्ने कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा २०१८ सालमा काठमाडौंबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय ।

विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१

डीआईजी काण्डमा गिरफ्तार भई नख्खु जेलमा रहँदा पहिलोपटक गिरिजाबाबुसँग भेट, २०२३

प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ (पोखरामा ९ महिना र काठमाडौंमा ६ महिना) ।

प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौंमा जेलमा राखिएको, २०२५ र २०२६ ।

नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडौंमा ३ महिना हिरासत, २०२७ ।

रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी ।

कांग्रेसको पटना सम्मेलन ९सन् १९७७० मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत । यसै सम्मलेलनद्वारा कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनर्स्थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।

जनमतसङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तार, ६ महिना हिरासत ।

पञ्चायती व्यवस्थाअन्तर्गत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन कांग्रेसको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ । ६ महिना हिरासत ।

पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनर्स्थापनाका लागि कांग्रेसले गरेको सत्याग्रह ९२०४२० सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार । ९ महिना हिरासत, २०४२ ।

२०४६ सालको जनआन्दोलनमा कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना हिरासत, २०४५ ।

बहुदलीय व्यवस्थाको पुनर्स्थापनार्थ धवलागिरी अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा गिरफ्तार गरी बागलुङ जेलमा ५ महिना हिरासत, २०४६ ।

शाही कदम २०५९ पछि करिब एक वर्ष नजरबन्द र हिरासत, २०५९ ।

दोस्रो जनआन्दोलन २०६२र२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको ।

यी लगायत छोटो समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको ।

योगदान र उपलब्धि

२०४८ तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित

२०५१  तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित

२०५६  तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित

२०६४  तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित

२०७० तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित

२०७९तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित

२०४८ जेठ १५ देखि २०५१ पहिलोपटक स्थानीय विकासमन्त्री नियुक्त ।

२०४९ साउनदेखि २०५१ कृषिमन्त्री   ।

२०५१ पुस २ गते प्रतिनिधिसभाको सभामुख निर्वाचित ।

२०५६ उपप्रधान तथा सूचनारसञ्चारमन्त्री, स्थानीय विकासमन्त्री  ।

२०५६–२०५८ उपप्रधान तथा गृहमन्त्री  ।

२०६१ –२०६२ शान्ति समितिको संयोजक    ।
२०६३–२०६४  शान्ति तथा पुनर्निर्माणमन्त्री  ।

कांग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता २०६४ देेखि २०७० सम्म ।

पुरस्काररसम्मान

मानवअधिकारसम्बन्धी विभिन्न पुरस्कार ।

महेन्द्रविक्रम शाह पुरस्कार ९महेन्द्रविक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्० ।

जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ को सम्मान ९२०२० सन्० ।

प्रकाशित पुस्तकहरू

कांग्रेसको सङ्क्षिप्त इतिहास ।

प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७ ।

कांग्रेस र नेपालको आधुनिकीकरण ।

कांग्रेस के भन्छ ?

आस्थाको यात्रा राजनीतिक विश्लेषण २०५५ ।

कांग्रेस अबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५ ।

कृषि क्रान्ति र समाजवाद ।

राजनीतिको राजमार्ग, २०७९ ।

कांग्रेस रूपान्तरणको मार्गचित्र ।

नयाँ सन्दर्भमा समाजवाद ।

अभिशप्त इतिहास ९माघ १९ को काण्डपछि०लगायत दर्जनौं पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्तिाहिक, मासिक, तथा अनलाईनहरूमा समसाययिक लेखरचना प्रकाशित ।

जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन ।

विशेष पहिचान

समाजवादी चिन्तक र प्रयोगकर्ता । स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी । स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता ।

कांग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताका रूपमा परिचित । तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैँ मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह ।

द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका निर्वाह । विस्तृत शान्ति सम्झौताका मस्यौदाकार । सहमति र सहकार्यका पक्षपाती ।

राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म १४ वर्षभन्दा बढी जेलजीवन ।

अन्य

संविधानको रक्षा, प्रतिनिधिसभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्राधार ।

 

सम्बन्धित समाचार