जुम्ला । समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेड जुम्लाले बार्षिक साधारण सेवा सम्पन्न गरेको छ । ७७ वटै जिल्लामा सेवा केन्द्र विस्तार गर्ने उदेश्यले समृद्ध नेपाल कृषि सहकारी सस्थाले कर्णाली प्रदेको जुम्ला जिल्लामा पनि स्थापना भएको एक वर्ष पुरा गरेको अवसरमा बार्षिक साधारण सभा आयोजना गरेको हो ।
काभ्रेको वेथानचोकमा केन्द्रिय कार्यालय रहेको संस्थाले जुम्लामा पहिलो पटक ११ औ साधारण सभा गरेको छ । जुम्लाको कृषि र आथिर्क क्षेत्रलाई प्रथामिकतामा राखेर आफ्ना गतिबिधि अगाडी बढाएको जुम्ला सेवा केन्द्रका प्रमुख मिम बहादुर शाहीले बताए । उनले भने,”यहाको कृषि संग जोडेर गरिबि न्युनिकरण गर्ने लक्ष्य हो । उनका अनुसार यस सहकारीले सदस्यहरुको बिश्वास जित्नका लागी उत्पादनसँगसँगै वजार विस्तार गर्नुपर्ने आबश्यक छ ।
त्यस्तै संस्थाका उपाध्यक्ष किशोर न्यौपानेले अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य राख्दै सेवा ेकन्द्रकी सेयर सदस्य उमा देवी उपाध्यायले सहकारी न्युनआय भएका नागरिकको दैनिकी परिवर्तनको मध्यम भएको बताइन । उनले भनिन ,यस सेवा केन्द्रले कृषिको उत्पादन बढाउने बताइन ।
त्यस्तै चन्दननाथ नगरपालिका ५का अध्यक्ष बिर्ख बहादुर कार्कीले कृषिमा क्रान्ति गर्दै माटो बचाउ अभियान गर्ने आबश्यक रहेको बताए ।उनले भने ,सेवा केन्द्रले यहाको आवश्यकता अनुसार अन्य सेवा केन्द्र विस्तार गर्नु पर्ने बताए ।
त्यस्तैै जुम्ला सेवा कन्द्रका कोषाध्यक्ष बन्दना नेपाल (तिवारी)ले यस सहकारीले अर्गानिक उत्पादनलाई जोड दिदै आएको बताइन । उनले यसको कार्यक्षेत्र देशभर रहेको छ । हाल सम्म १४वटा सेवा केन्द्रहरु संञ्चालनमा रहेका छन ।
त्यस्तै यस सहकारीका प्रमुख कार्याकारी निर्देशक टेक बहादुर शाहीले समृद्ध नेपाल कृषि सहकारी संस्थाले ११औ साधारण सभा भएपनि जुम्ला सेवा केन्द्र पहिलो बार्षिक साधारण सेवा मनाएको बताए । शाहीले साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन लगायतका प्रतिवेदनहरु प्रस्तुत समेत गरेको छ । सहकारीमा महत्वपुण योगदान पर्ने सदस्य तथा कर्मचारीह्रलाई बार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।