माओवादी पार्टी,सुदृढीकरण अभियान थाल्दै

जुम्ला : नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणका लागि दुई महिने अभियान सञ्चालन गर्ने भएको छ ।वैचारिक एवं राजनीतिक स्कुलिङ लाई वडास्तरसम्म दुई महिने विकास र सम्वृद्धिका लागि पार्टी सुदृढीकरण अभियानको थालनी गर्न लागेको हो । जुम्लाको कपडहलमा बिहिबार सामाजिक तथा सांस्कृतिक रुपान्तरण बारे छलफल वहस अन्तरक्रिया तथा अभिमुखिकरण कार्याक्रम गरिएको छ ।
यो कार्यक्रमले समाज रुपान्तरणको नेतृत्व बिकासका लागी महत्व पुण योगदान दिने भएको नेकपा आमोबादी केन्द्रका कर्णाली प्रदेस अध्यक्ष बिमला केसीले बताइन । उनका अनुसार यो अभियान २०७९ फाल्गुन १४ देखि २०८० वैशाख १४ गते सम्म संञ्चालन हुने छ । उनले,माओबादी पाटी भित्र रहेको गुडबन्दीको अन्ये गरी अगाडी बढ्न निर्देशन गरिन । पाटी अध्यक्ष केसीले भनिन ,प्रदेशले निर्धारण गरेका अभियानका उदेश्यहरुनै यस जिल्ला अभियानका उदेश्यहरु हुने छन् ।

८५ हजार पार्टी सदस्यसम्म पु¥याउने
नेकपा माओबादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारी ८५ हजार पार्टी सदस्य सम्म पुग्ने गरी सवै तहका पार्टी कमिटीका बैठक र अन्तरक्रिया गर्ने बताए ।उनले भने, गरी पार्टी निर्माणका लागि आवश्यक सुझाव दिने र लिने काम हुने छ ।
जुम्लाको माओबादी केन्द्रले सबै वडा स्तरका जिम्मेवारी नेताकार्यकर्तालाई जनयुद्धकै सम्झनामा एक औपचारीक कार्यक्रमका बिचबाट रोतो टिका अभियान सफल पार्नका लागी कार्यस्थाल तर्फ पठाइएको छ ।

माओबादी पाटीबाट जितेका प्रदेश सरकार र स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षहरूमा जनपक्षीय नीति कार्यक्रम बनाई जनपक्षीय काम गर्न सर्वदलीय र सर्वपक्षीय अन्तरकिया गरी सुझाव संकलन गर्ने इन्चार्ज भण्डारीले बताए । उनका अनुसार एक संगठन एक उत्पादन, एक वडा एक लघु उद्यम, एक पालिका एक साना उद्योग, एकजिल्ला एक उद्योग ग्राम कार्यक्रम संचालन गर्ने गरी तत्काल उत्पादन समुह, कृषि तथा श्रम सहकारी, कम्पनीहरु निर्माण गरी सम्पुर्ण स्तरका श्रोत साधन परिचालन गरी परिणाममुखी नेतृत्व लिन आबश्यक रहेको छ ।

अभियानका कार्यक्रमहरु
१ यहि फागुन २० गते जनयुद्धको जिल्ला कार्यालय तिला गापाको पोखरीमा पत्रकार सम्मेलन आयोजना गरेर पोखरी घोषणा पत्रको रुपमा पत्रकार सम्मेलन आयोजना गरेर अभियानको कार्य योजना सार्वजनिक गर्ने ।
२ फागुन २१ गते एक साथ जिल्लाका ६० वडाहरुमा अभियानको उद्घाटन कार्यक्रम गरेर अभियानको प्रभावकारी कार्यान्वयन गर्ने ।
३ नेकपा(माओवादी केन्द्र) को इतिहास लेखनको लागि केन्द्रिय सल्लाहकार कमरेडहरु डा कलबहादुर रोकाय, हरीबहादुर भण्डारी र पत्रकार सम्मिलित इतिहास लेखन समिति गठन गरिने छ ।
४ जिल्लाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सुचना प्रविधि सम्बन्धी ज्ञान भएको कमरेडलाई नियमित काम गर्नेगरी नियुक्त गर्ने ।
५ जिल्ला पार्टी कार्यालय निर्माण र जनयुद्धको जिल्ला कार्यालय रहेको पोखरी विशेष पार्टी कार्यालय निर्माण गर्न जमिन खरिद तथा प्राप्ति समितिहरु गठन गर्ने ।
६ अन्तर प्रदेश तथा अन्तर पालिका टोली निर्माण तथा परिचालन गर्ने ।
७ अभियान टोलीको कमाण्डरले हरेक दिनको श्रब्य दृश्य रिपोर्ट जिल्ला कार्यालयमा अनिवार्य पेश गर्ने ।
८ अभियान टोलीले आफ्ना गतिविधिको नियमित समिक्षा गर्ने र अभियानमा क्रियाशिल नहुने टोली सदस्यका सम्बन्धमा जिल्ला कार्यालयलाई रिपोर्ट गर्ने ।
९ जिल्लाले महिनामा एक पटक, पालिकाले १५ दिनमा १ पटक र वडाले हप्तामा १ पटक अभियानको समिक्षा गर्ने र नियमित लिखित प्रतिवेदन पेश गर्ने।
१० पालिका, वडा र गाँउ स्तरीय अभियान टिम निर्माण गर्ने । पालिका अभियान टोलीले गाँउ स्तरीय अभियान टोली गठन गर्ने ।
११ अभियान टोलीले कार्यकर्ता, जनता र सम्बन्धित भुगोलको समस्या पहिचान गरी प्रतिवेदन पेश गर्ने ।
१२ शहिदहरुको स्मृति, सम्मान, योगदानसँग सम्बन्धित विषयमा गतिविधिहरु गर्नका लागि शहिद स्मृति प्रतिष्ठान स्थापना गर्ने ।
१४ शहिद सप्ताहको अवधिभर शहिद परिवार तथा घाइते योद्धाहरुलाई घर दैलोमा पुगेर भेटघाट गर्ने । देश र जनताको मुक्तिका लागि उहाँहरुले गरेको योगदानको कदर गर्न विभिन्नस्तरमा अभिनन्दन कार्यक्रमहरु आयोजना गर्ने ।
१५ गणतन्त्र, संघियता, समावेशिता, विकास र समृद्धि लगायतका समसामयिक विषयमा अन्तरक्रिया, वक्तित्वकला, गजल, कविता, गित, खेलकुद कार्यक्रमहरु आयोजना गर्ने ।
१६ व्यक्तिगत र सामुहिक समस्या समाधानको विधि पेश गर्ने ।
१७ विकास र समृद्धिको मोडलका बारेमा विभिन्न स्तरमा बहसहरु गर्ने ।
१८गाँउ, वडा र पालिका र जिल्लाको विकास र समृद्धिको आवधिक गुरु योजना तयार गर्ने ।
१९ प्राथमिकिकरण सहित विकास योजनाहरुको प्रोजेक्ट बैंक तयार गर्ने ।
२०संस्थागत निर्णय गरेर मात्र विकास आयोजनाहरु पेश गर्ने ।
२१ पार्टीको नियन्त्रणमा स्थानीय सरकारलाई परिचालन गर्ने ।
२२समाजवाद उन्मुख विकास र समृद्धिको कार्यक्रम निर्माण गर्ने पार्टी नेतृत्वका पालिकाहरुमा शहिद परिवार तथा घाइते अपाङ्गता लक्षित आयआर्जन लगायतका अन्य कार्यक्रमहरु निर्माण गर्ने ।
२३ पार्टीको नेतृत्वमा सरकार नभएका पालिका र वडाहरुमा छाया सरकार बनाउने ।
२४ विकास निर्माण, जनजीविका र शहिद परिवार तथा घाइते अपाङ्गता लक्षित आयआर्जनका कार्यक्रमहरु निर्माण गर्न दवाव सिर्जना गर्ने।
२५ पार्टीको नेतृत्वमा सरकार नभएका पालिका तथा वडाहहरुमा कार्यान्वयनको समय तोकेर मागहरु पेश गर्ने ।
२६ मागहरु सम्बोधन नभएमा संघर्षका कार्यक्रमहरु अगाडि बढाइने ।
२७ जिल्लास्तरीय र पालिका स्तरीय सहकारी गठन गर्ने ।एक संगठन एक उत्पादनको लक्ष्य अनुरुप एक वडा एक उत्पादन कार्यक्रम संचालनको आधार खडा गर्ने ।
२८ पार्टीका समग्र गतिविधि र पार्टी सदस्यहरुको डिजिटल अभिलेख राख्ने ,नियमित सुचना र जानकारी सम्प्रेषण गर्न वेभ साइड संचालन गर्ने ।
२९ कार्यकर्ताहरुका लागि डिजिटल साक्षरता कक्षा संचालन गर्ने ।
३० नेता तथा कार्यकर्ताहरुको राजनैतिक बैचारिकस्तर अभिबृद्धि गर्न स्कुलिङ्ग संचालन गर्ने ।
३१ पार्टीका सम्पुर्ण गतिबिधिहरुको डिजिटल अभिलेख राख्ने ।
३२ सदस्यता वितरण, नविकरणगरी पार्टी सदस्यहरुको व्यवस्थित अभिलेख राख्ने ।
३३ आर्थिक अनुसशासनसँग सम्बद्ध गरेर लेवीलाई व्यवस्थित र नियमित गर्ने ।
३४ लेवी नतिर्ने र क्रियाशिल नहुने पार्टी सदस्यहरुलाई समर्थकमा अभिलेखिकरण गर्ने ।
३५ कार्य सम्पादन लाई मुल्याडकनको आधार बनाइने छ ।
३६ पार्टी नेता तथा कार्यकर्ताहरुले सामाजिक संञ्जालमा गर्ने पार्टी विरुद्धका गतिविधिहरुलाई अनुशासनको विषय बनाइनेछ ।
३७ जुम्ला जिल्लास्थित जुम्ला बहुमुखी क्याम्पस र सिञ्जा क्याम्पस लाई लक्षित गरेर स्ववियु निर्वाचन परिचालन टिम निर्माण गर्ने ।

सम्बन्धित समाचार