बिपन्न परिवारलाई सरकारी वकिल राईको खाद्यान्न सहयोग

जुम्ला ः जुम्लाको सरकारी वकिल कार्यालयमा कार्यरत्त सरकारी वकिल रेनुका राइले खाद्यन्न सहयोग गर्नु भएको छ । उहाँले आफ्नो जन्म दिनको अवसरमा जुम्ला बजारमा बस्दै आएका बिपन्न परिवारलाई चामल ,चिनी ,खाने तेल लगायतको खाद्यन्न सहयोग गर्नु भएको हो ।
सरकारी वकिल राइले कनका सुन्दरी गाउपालिका ५ स्थायी घर भइ अहिले जुम्ला बजारमा गासवास र कपासको लागी भौतारिदै आएकी निरासी घर्तिका ५ जनाको परिवारलाई सहयोग गर्नु भएको हो । निरासी घर्तिका श्रीमान कर्णसिंह घर्तिको तिन वर्ष अघि मृत्यु भएपछि गासबास र कपासको लागी जुम्ला बजार बस्दै आएको पाइएको छ ।


त्यस्तै घर्तिको यो अवस्थालाई मध्यजनर गरी जुम्लाका सरकारी वकिल राईले त्यो परीवारलाई पनि एक महिना पुग्ने खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गर्नु भएको छ ।सरकारी वकिल राइले भन्नु हुन्छ ,यस अघिका वर्षहरुमा दिनको अवसरमा आश्रम रहेका जेष्ठ नागरिक र बालआश्रमा हरुमा बस्दै आएकालाई खाना खुवाउने काम गर्दै आएको थिए । यस पटक जुम्लामा भएकाले यहाका बिपन्न परिवारलाई सहयोग गर्न पाउदा खुसी भएको बताउनु भयो । उहाले भन्नु भयो,” जन्म दिनको अवसरमा सबैले केट काट्ने, होटलमा गएर पाटी मनाउनु भन्दा न्युन आय स्रोत भएकाहरुलाई गरिएको सहयोगले उनीहरुलाई केही राहत हुने बताउनु भयो ।


त्यस्तै निरासी घर्तिले श्रीमानको मृत्यु पछि बालबच्चालाई पालन पोषणको लागी आफुलाई समस्या भएको बताउनु भयो ।उहाले भन्नु भयो, श्रीमान ब्यपारि थिए ।उनको मृत्यु पछि साउले दिनप्रति पैसा माग्दा घरमा आउदा तिर्न नसकेर बजारमा आएको हु । उनका अनुसार श्रीमानको मृत्यु पछि बच्चालाई खान खुवाउन समेत गा्रहो छ । बिद्यालयमा समेत जान पाएका छैनन ।

सम्बन्धित समाचार