तिलाको हिउँदे गाउँसभा : वालविवाह मुक्त र वालमैत्री पालिका घोषणा गर्ने तयारी

जुम्ला ःजुम्लाको तिला गाउँपालिकाको हिउँदे गाउँसभाले आठ वटा कार्यबिधि पास गरेको छ । हिउँदे गाउँसभामा पास गरिएका निति तथा संशोधन बजेटको बारेमा उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गरेकी छन ।
त्यस्तै संशोधित बजेटमा वडा नम्बर ६ मा वालविवाह मुक्त र वालमैत्री वडा घोषणाको प्रस्ताव छ । यसैगरी सोही वडामा स्थनपान कक्ष र हेल्प डेक्स कक्ष गरिने भएको छ । यसैगरी महिला स्वास्थ्य स्वंयसेविकाको क्षमता अभिबृद्धि, अपांगता भएका व्यक्तिको क्षमता अभिबृद्धि कार्यक्रम गरिने भएको छ । संशोशित बजेटमा वाटो, खानेपानी, काठेपुलमा समेत जोड दिईएको छ ।

त्यस्तै समृद्ध, समातामुलक सुन्दरभूमि तिला,जैविक कृषि, पर्यटन र पूर्वाधारको आधारशिला भन्ने मुल नारा सहित हिउँदे गाउँसभा गरेको छ ।
त्यस्तै तिलागाउँपालिका अध्यक्ष मोतिलाल रोकायाको अध्यक्षतमा सम्पन्न गाउँसभामा खर्च हुन नसकेको करिब रु एक करोड ८३ लाख ५७ हजार बजेट शंशोधन गरिएको छ । यसका साथै महत्वपूर्ण केही ऐन, नियमावी, कार्यविधि र निति समेत पारित गरिएका छन् ।
त्यस्तै गाउँसभाले तिला गाउँपालिका भौगोलिक विशेष क्षेत्र ऐन २०७९, अनुगमन तथा सुपरीवेक्षण कार्यविधि २०७९, स्थानीय पुर्वाधार सम्भार कोष तथा कार्यसंचालन कार्यविधि २०७९, बिषयगत समिति कार्यसंचालन कार्यविधि २०७९, आपतकालिन कार्यसंचालन कार्यविधि २०७९, बिपत व्यवस्थापन कार्यसंचालन कार्यविधि २०७९, स्थानीय पूर्वाधार विकास आयोजना कार्यविधि २०७९ पास गरिएका छन् । यसैगरी गाउँपालिका शिक्षा ऐन सुझाव सहित पास गरिने भएको छ ।

गाउँसभामा अध्यक्ष रोकायाले गाउँपालिकाका काम प्रचार मात्र नभएको तर धेरै भईसकेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिका समृद्ध बनाउन जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहनेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिले आफ्नो भूमिका र कर्मचारीले आफ्नो भूमिका निर्वाह गरेमा पालिकाको विकासमा समृद्धि आउनेमा जोड दिए । उनले सभामा उठेका जिज्ञासाहरुको जफाव दिनु भएको थियो ।

त्यस्तै उपाध्यक्ष गोरीकला बुढाले आफुहरुको नेतृत्वमा भएका जनप्रतिनिधि वोल्ने भन्दा पनि काम बढि जोड दिने बताइन ।
उनले जनप्रतिनिधिले विकासको दृष्टिकोण र निर्देशन दिने भएकाले कामको जिम्मेवारी बढि कर्मचारीमा हुने बताइन । उनले कर्मचारीले गरेका राम्रा काममा जनप्रतिनिधिको साथ हुने प्रतिवद्धता गरे ।

त्यस्तै तिलाका प्रमुख प्रशासकीय अधिकृत मोहन बिष्टले गाउँसभामा विभिन्न क्षेत्रबाट आएका सुझावलाई ग्रहण गर्दै पालिकाको प्रशासनिक समयन्त्र अगाडि बढाउने बताए । उनले भने, तिलाको विकास र समृद्धिका लागी सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरे ।
हिउदे गाउसभामा महिला, दलित, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, संचार क्षेत्र सहित विभिन्न क्षेत्रको सूझाव संकलन गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य पदम रावतले बजेटलाई थप जनमुखी वनाईनु पर्ने बताउदै बिपतको सवालमा थप जोड दिइने भएको छ ।

 

सम्बन्धित समाचार