जनताका गुनासो सुन्न सांसद छिरिङ ल्हामु लामा (तामाङ )जुम्लामा

जुम्ला : जुम्ला जिल्लाबाट निर्वार्चित संघिय सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले जनताका गुनासो सुन्न र यहाको समस्याको समाधान खोज्नका लागी गृह जिल्ला आएको बताइन । चुनाव जिते पछि जनप्रतिनिधि आफ्नो जिल्ला नफर्किने चलन विपरित भएको भन्दै जिल्लाको समस्या सुन्नको लागी जुम्ला पुगेको बताइन । उनले जुम्लाको एक नगरपालिका सहित आठ वटा गाउपालिका पुगेर जनताको समस्या सुन्दै आएका छन ।
शुक्रबार नेपाल पत्रकार महासंघ जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सांसद छिरिङ ल्हामु लामा (तामाङले) यस पटकको एक हप्ताको बसाइमा सबै स्थानीयतह प्रमुख र उपप्रमुख र कर्मचारीहरुसंग बसेर छलफल गरिएको छ । उनले भनिन, ”सांसदको काम गाउघरमा गएर जनताका समस्या सुन्ने समाधानका लागी पहल गर्ने हो । आफुले भोट हालेर पठाएका जनप्रतिनिधी गाउमा आउदा निर्धक्क भएर जिल्ला बासीले आफना समस्या राख्न सक्ने हुनु पर्छ ।” सांसदको काम सरकार र जनता बिचमा रहेर पुलको भुमिका निर्वाह गर्ने हो । म त्यो गर्ने प्रतिबद्धता गर्दछु । आफुले गर्न सक्ने कामको जनतालाई आसपासन दिने हो । झुटा आसपासनले जन्ता वाक्क छन । त्यसैले म यहाका हरेका नागरिकका समस्या समाधानका लागी प्रतिबद्ध छु ।

सांसद भन्छिन म जन्ताले भोट दिएको र संबिधानमा भएको ब्यवस्थामा टेकेर सांसदको भुमिकामा पुगेकी हु। नागरिकले राखेका समस्या समाधानका लागि स्थानिय सरकार ,प्रदेश सरकार र संघिय सरकार संग पहल नियमित गरिरहने छु । सांसद लामा तामाङले आगामी दिनमा गाउगाउँमा गएर जनताको गुनासो सुन्ने गरी आउने बताइन ।उनले पत्रकार भेटघाट कार्यक्रममा भनिन, यहाका जनताले पाउने स्वास्थ्य सेवाको अवस्था पनि नाजुक भेटिएको छ । उनले भनिन ,”यहा भइरहेका गलत कामको पत्रकारले कलम चलाउनु पर्ने बताइन ।सडक ,खानेपानी स्वास्थ्य सेवा ,शिक्षा जस्ता क्षेत्रमा भइरहेको समस्या बाहिर नआएको बताइन ।

त्यस्तै नेपाल पत्रकारमहासंघका अध्यक्ष नेत्रबहादुर शाहीले पत्रकारले उठान गरेका बिषयमा सबैको ध्यान जानु पर्ने बताए । उनले भने, यहाको बिद्यार्थीले समयमै किताब नआउने समस्या समाधानको लागी पहल गर्न अनुरोध गरे । उनले भने, जुम्लाबाट निर्वाचित सांसदले दुर्गमका पत्रकारहरुको क्षामता अभिबृद्धी गर्न तर्फ ध्यान दिन आग्रह गरे ।

सम्बन्धित समाचार