एकिकृत अखिल नेपाल शक्षक संगठन जुम्लाको अध्यक्षमा धिताल


जुम्ला । एकिकृत अखिल नेपाल शक्षक संगठन जुम्लाको अध्यक्षमा जयशंकर धिताल चयन भएको छन । नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठन जुम्लाको अध्यक्षमा जयशंकर धिताल सर्वसहमतिमा चयन भएका हुन ।जुम्लाको सदरमुकाममा खलंगामा आयोजित चौथो जिल्ला अधिवेशनले आइतबार धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित अध्यक्ष अध्यक्षमा जयशंकर धितालले बताए । उनका अनुसार ३ वर्षे कार्यकालका लागि धितालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

त्यस्तै समितिको उपाध्यक्षमा कर्णबहादुर खत्री, सचिवमा भीमबहादुर विक, कोषाध्यक्षमा सविना शाही चएन भएका छनन ्। त्यस्तै सदस्यमा मिना गुरुङ लगायतका सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचित भएलगत्तै अध्यक्ष धितालले संगठनको उद्देश्य प्राप्तिमा लागि पर्ने प्रतिवद्धता जनाएका छन्।

सम्बन्धित समाचार