माओवादीले पुष १० को सहमति कायम राख्छ : योगेश भट्टराई


जुम्ला ः नेकपा एमालेका पार्टी सचिव तथा संविधानसभा सदस्य योगेश भट्टराईले माओवादीले राष्ट्रपतिको मत सुवास नेवाङलाई दिने बताए । उनले प्रेस चौतारी जुम्लाले नेपाल पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन ।
नेता भट्टराईले माओवादीले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा पुष १० को सम्झौता माओवादीले कायम गर्ने बताए । उनले भने,”माओबादीले एमालेलाई राष्ट्रपतिको मत दिन्छ । .

उनले भने, यो माओवादीका लागि वामपन्थी एक हुने अवसर भएकाले सहमतिको कार्यान्वयन हुन्छ ।नेता भट्टराईले आफु पाटी सुदृढ गर्ने अभियानमा कर्णालीमा आएका बताए । उनले यो शुरु गरिने पार्टी सुदृढ अभियान २०७९ साल वैशाख ९ गते सम्म संचालन हुने छ ।
पत्रकार भेटघाटमा पत्रकारहरुले वर्तमान राजनितिक सत्ता समिकरणको बिषयमा सोधिएका प्रश्नमा उनले माओवादीले मत दिएमा एमालेले थप बलियो बनाईदिने बताए । उनले पुरानै समिकरणको कुरा वापपन्थीका लागि राम्रो नभएकोमा बताए ।

नेता भट्टराईले माओवादीले पुष १० को समझदारी भंग नगरेकाले राष्ट्रपतिलाई मतदान गर्ने बताए । उनले भने यदि यो भंग गरेमा मात्रै अर्को राजनितिक अवस्था आउने बताए । उनका अनुसार सोही समझदारीका कारण सरकारवाट ऐमाले नवाहिरिएकोमा हो ।

 

सम्बन्धित समाचार