जुम्ला : एकिकृत अखिल नेपाल शिक्षक संगठन समाज रुपान्तरणको बलियो खम्बा भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले बताए । उनले एकिकृत अखिल नेपाल शिक्षक संगठनको चाथौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन । एकिकृत अखिल नेपाल शिक्षक संगठनको उद्धघाटन कार्यक्रमा शुभकामना मनतब्यको क्रममा सत्ता समिकरणको फेरवदल, परिवर्तनका एजेण्डा, संविधानको रक्षा जस्ता बिषयमा नेकपा माओवादी केन्द्र गरेको कामको बारेमा जानकारी दिए । उनले शिक्षा क्षेत्र सवैभन्दा महत्वपूर्ण र संवेदनशिल भएकाले शिक्षकले आफ्नो पेशागत गुणस्तरतालाई निरन्तरता दिनुपर्ने औल्याए । भण्डारीले संघीयतामा शिक्षा क्षेत्रलाई अझ प्रथामिकता दिने नितिका लागी माओवादीले थप काम गर्नेमा बताए ।
त्यस्तै प्रतिनिधिसभा पूर्व सांसद गजेन्द्र बहादुर महतले शिक्षक संगठन र समाज परिवर्तनका लागि सवैभन्दा बढि लागेको बताए । उनले शिक्षकको मिहिनेतको सम्मान गर्न आबश्यक छ । उनले आफुलाई जुम्ली जनताले सांसद वनाएको ऋण तिर्नका लागी पार्टीलाई भरपुर सहयोग बताए । उनले आज व्यवस्था विरोधी प्रतिगामी तत्वहरु जुरमुराउन थालेकाले त्यसको प्रतिवाद गर्ने नेतृत्व माओवादी रहको बताए ।
त्यस्तै कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री मंगलवहादुर शाहीले शिक्षा सामाजिक न्यायको क्षेत्र भएकाले कर्णाली प्रदेस सरकारले यसलाई थप सुदृढ बनाउने बताए । उनले कर्णाली सरकारले यसको बिषयमा गम्भिर भएर लाग्ने छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वराज्य मन्त्री गोमा कुँवरले यस पटकको निर्वाचनमा पार्टीले आफुलाई उम्मेदवार वनाए पनि प्राविधिक कारणले विजेता हुन नसकेको बताइन । अव सवै एक ढिक्का भएर लाग्नुपर्ने बताईन । उनले शिक्षकहरुको कहहितका लागी आफ्नो तर्फबाट सधै तयार रहने बताइन ।
त्यस्तै एकिकृत अखिल नेपाल शिक्षक संगठनका सचिवालय सदस्य नवराज शाहीले एकिकृत अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी संगठन भएकाले केन्द्रीय स्तरमा पनि प्रभावकारी काम भईरहेको बताए । उनले केन्द्रमा एकिकृत अखिल शिक्षक संघको वहुउद्देश्यीय भवन निर्माण समेत हुनेमा जोड दिए ।
त्यस्तै जिल्ला अध्यक्ष राजेन्द्र खत्रीले हाल सम्म भईरहेका गतिबिधिको बारेमा जानकारी दिए । उनले शिक्षकका समस्याका समाधानका लागी सधैभरी तयार रहेको बताए ।उद्घाटनको क्रममा माओवादी जिल्ला ईन्चार्ज भणडारी सहित पूर्व सांसद तथा केन्द्रीय सदस्य गजेन्द्र बहादुर महत, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री गोमा कुँवर, माओवादी पार्टीका मुगु जिल्ला ईन्चार्ज तथा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाही, राज्य मन्त्री उर्मिला विश्वकर्मा, एकिकृत अखिल नेपाल शिक्षक संगठन सचिवालय सदस्य नवराज शाही सहित पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरु र शिक्षकहरुले शुभकामना मन्तब्य दिएका छन् । कार्यक्रमको सहजीकरण एकिकृत अखिल नेपाल शिक्षक सगठन जिल्ला सचिव जयशंकर धितालले गरेका थिए ।