समाजवाद सहितको समृद्धीका लागी कर्णालीको विकास जरुरी छ : मन्त्री शाही


जुम्ला ः सरकारले ल्याएको समाजवाद सहितको समृद्धीको नारा कर्णाली बाट सूरु गर्न जरुरी रहेको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शाहील बताए । उनले भने ,कर्णालीको समग्र विकास नभएसम्म सरकारले ल्याएको समृद्धी सम्भावना छैन । लागि मेरो पहिलो प्रथामिकता कर्णालीको बिकास हो ।

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयबाट जुम्लामा संञ्चालन भएको सडक आयोजनाहरुको अनुगमन गर्न जुम्ला पुगेका मन्त्री शाहीले विशेषगरी माथिल्लो कर्णालीको विकास गर्नका लागी पहल गर्ने बताए । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहीले मन्त्रालयले विकासे कामलाई गति दिएको बताए ।
उनले कर्णाली राजमार्गको थप स्तर उन्नति गर्नेका लागि प्रदेश सरकारले संघीय सरकारलाई समन्वय र सहकार्य गर्ने बताए । उनले थपे,प्रदेश सरकारले भौतिक पुर्वाधार मन्त्रालय बाट यहाँका सडक निर्माणलाई बजेट समेत विनियोजित गरि प्रदेशका दशवटै पुर्वाधार विकास कार्यालय बाट काम भइरहेको मन्त्री शाहीको भनाइ छ। “टुक्रे योजनाका कारण कर्णालीको विकास हुन सकेको छैन । उनले भने नेताको पावरले छुटाउने बजेट लाई अन्त्य हुन जरुरी छ ।

नागरिकको जनजिवकालाई मध्यनजर गरी दीर्घकालीन सम्म राहत हुने योजनालाई मन्त्रालयले विशेष प्रथामिकतामा राख्ने बताए । त्यस्तै गभौतिक पूर्वाधार उर्जा तथा जलस्रोत राज्य मन्त्री उर्मिला विश्वकर्माले कर्णालीका पत्रकारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताइन । उनले भनिन, साविको माथिल्लो कर्णाली क्षेत्र बाट पत्रकारीत गर्ने पत्रकारकाको क्षामता अभिबद्धि गर्नका लागी मन्त्रालय सहयोग गर्न तयार रहेको छ ।

त्यस्तै पत्रकारले आफ्नौ धर्म र कर्तव्य निर्वाह गरि तथ्य मा समाचार संकलन गर प्रसारण गरे आम जनमानसमा राम्रो सन्देश जाने पुर्व राज्य मन्त्री गोमा गौतम कुंवरले बताइन । उनले पत्रकार समाजको एैना भएकाले सत्य कुरा लेख्नु पर्ने बताइन । उनले सहि र सत्य समाचार उठान गर्न पत्रकार जगतको मर्ध हो । त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीका दुर्गम जिल्ला बाट पत्रकारीता गर्ने पत्रकारहरुको लागी क्षामता बिकासका कार्यक्रमलाई प्रदेश सरकारले प्रथामिकता दिनु पर्ने बताए । उनले पत्रकार महासंघको अधुरो भवनलाई पुर्णता दिनका लागी भौतिक पुर्वधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शाहीलाई अनुरोध समेत गरेका छन ।

सम्बन्धित समाचार