जुम्ला : जुम्लालाई लोडसेडिङ मुक्त बनाउने लक्ष्य लिएको चुकेनी जलबिधुत आयोजनाको काम ६० प्रतिशत सकिएको छ ।जुम्लाको पातारासी गाउँपालिका– १ गडीगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम ६० प्रतिशत सकिएको हो ।
९ सय ९८ किलोवाट बिजुली उत्पादन गर्ने यो आयोजना गौरवको आयोजना भएको कर्णाली प्रदेसका भौतिक पुर्वधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शाहीले बताए । उनले भने, सरकारको मुख्य नारा समाजबाद सहितको समृद्धी हो । यस्ता खालका आयोजना सम्पन्न गर्नका लागी प्रदेस सरकारले आबश्यक पहल गर्ने छ । उनले भने,”यो आयोजनाले यहाका नागरिको अध्याँरोमा बस्नु पर्ने बाध्यता अन्त्ये गर्ने छ।
त्यस्तै प्याकेज १ को २०७६ जेठ १० गते आयोजना सम्झौता भएको थियो। आउँदो वैशाखमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम भने ६ ० प्रतिशत मात्रै पूरा भएको छ। २०८० वैशाख २ सम्म सम्पन्न गर्नुपर्ने यो आयोजना २०७६ जेठ १० गते आयोजना सम्झौता भएको थियो ।
बिभिन्न समस्यााका कारण यो आयोजनाको काम ६० प्रतिशत मात्रै पूरा भएको चुकेनी विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए । उनले भने ठेकेदारका कारण केही ढिला भएको छ ।यो आयोजनाको काम बैशाखमा सम्पन्न हुने पर्ने हो । तर २०८०को काक्तिकमा सम्पन्न हुने पक्का छ ।
त्यस्तै प्याकेज २ वितरणतर्फ ३१ भदौ ०७९ मा कार्य सम्पन्न गर्ने गरी १९ कात्तिक २ ०७७ मा आयोजना सम्झौता गरिएको थियो। लाइ
न वितरण कार्य भने लगभग सम्पन्न भएको छ । अध्यक्ष बुढाका अनुसार ‘उत्पादनतर्फ ६० प्रतिशत काम भएको छ।
यस अघि सम्झौता हुदा आउँदो वैशाख महिनाभित्र बिजुली बाल्ने गरी योजनाको काम भन्ने थिए ।अहिलेसम्म विद्युतगृहको ड्यामसाइडको काम सकिएको छ भने विद्युतगृह निर्माण र पाइपलाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ ।
अब पावरहाउस लगायतका संरचनाको फिनिसिङको काम बाँकी छ। वैशाख महिनाभित्र बत्ती बाल्ने योजना रहेको चुकेनी विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए।
‘यो जिल्लाकै गौरवको आयोजना हो। यसको कल्पनाकार तथा पहल कर्ता पुर्व अन्तरिक मामिला तथा कनुन मन्त्री नरेश भण्डारी हुन ।उनले भने,”आयोजनाको बजेट ४२ करोड रहेको छ ।आयोजनामा गाउँपालिकाले सबै घरधुरीलाई सेयर लगानीमा समेटिएको छ,’ उनले भने। उनी यस पटिक उक्त आयोजनाको काम छिटोछरितो गर्नका लागी कर्णाली प्रदेसका भौतिक पुर्वधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शाही जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चाय सहितको टोली लिइ अनुगमनम गरेका छन । त्यस्तै चुकेनी खोलाबाट उत्पादन हुने विद्युत् आयोजनामा दुई करोड रुपैयाँ पातारासी गाउँपालिकाले समेत लगानी गरेको छ।
त्यस्तै तीन हजार तीन सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । उनका अनुसार विद्युत् आयोजनामा कामदारको समेत सेयर लगानी हुने छ।त्यस्तै एक हजार एक स्थानीयले व्यक्तिगत रूपमा झन्डै ९० लाख रुपैयाँ सेयर लगानी गरेको पातारासी गाउँपालिकाका अध्यक्ष पुणसिहं बोहोराले बताए । यो आयोजनाले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या हल गरी जिल्लालाई नै उज्यालो बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै आयोजनाबाट तीन हजार चार सय ५३ घर परिवार लाभान्वित हुने भने पनि नेसनल ग्रिडसँग जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्र जुम्ला जुम्लाका दुईवटा आयोजना चुकेनी र जाल्पादेवी हाइड्रो बिजुली नेसनल ग्रिडसँग जडान गर्नका लागि फाइल अगाडि बढाइएको छ।