काठमाडौंंं । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच को कति कति समय प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएका छन्।
शुक्रबार बालुवाटारमा बैठक चल्दै गर्दा प्रचण्ड, देउवा र नेपाल छुट्टै बैठक बसेर प्रधानमन्त्रीको कार्यकाल निधो गरेको एक नेताले जानकारी दिए ।
तीन जना शिर्ष नेताहरुले बसेर प्रधानमन्त्रीको कार्यकालको टुंगो लगाएका थिए ।
कांग्रेसका एकका अनुसार नेताले भने प्रचण्ड पहिलो तीन वर्ष, त्यसपछि नेपालले एक वर्ष र बाँकी एक वर्ष देउवाले सरकार चलाउने र कांग्रेसले चुनाव गर्ने सहमति भएको बताए।
माओवादी उपमहासचिव जनार्दन शर्माले पनि प्रधानमन्त्रीको कार्यकाल तीन नेताले छलफल गरेर टुंगो लगाउने बताए। उपराष्ट्रपति भने जसपाले पाउने सहमति भएको उनले जानकारी दिए।
उपराष्ट्रपति जसपाले पाउने एक खालको सहमति भएको माओवादीका एक नेताले बताए ।
शुक्रबारको बैठकमा आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको छ। कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जनताको चाहनाअनुसार अघि बढ्नु पर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरू भएको बताएका थिए।
शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।