सुवास नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय

 

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले नेम्बाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन् । एमालेलाई अरु कुनकुन दलले सघाउँछन् प्रस्ट भइसकेको छैन ।

सम्बन्धित समाचार