काठमाडौं । आठ दलीय सत्तागठबन्धन पुन ब्युतिएको छ । आज बालुवाटारमा बसेको आठ दलीय गठबन्धनले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । कांग्रेस उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने लगभग निश्चित देखिएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेसले उठाउने उम्मेदवारलाई माओवादी, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएका हुन् ।
राष्ट्रपति चुनावमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ । यसअनुसार आठदलीय गठबन्धनको मतभार ३१,५०० पुग्छ । जुन कुल मतभारको ५० प्रतिशतभन्दा धेरै हो । राष्ट्रपति निर्वाचित हुन करिब साढे २६ हजार मतभार आवश्यक पर्छ । त्यसैले कांग्रेस उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने पक्का देखिएको हो ।
आठ दलको मतभार
कांग्रेस १६,२२१
माओवादी ७,७२८
जसपा २,०९७
नेकपा एस २,४७८
जनमत १,२४२
लोसपा ८,२७
नाउपा ७६५
राजमो १५८
अन्य दलको मतभार
एमाले १५,२८१
रास्वपा १,५८०
राप्रपा २,२१०
नेकिपा २२३
हाम्रो नेपाली ९६
स्वतन्त्र १,२८७