काठमाडौं । आज साँझ ५ बजे बसेको आठ दलको बैठकले राष्ट्रपतिको उम्मेदवार कांग्रेसबाट बनाउने निर्णय गरेका छ।
प्रधानमन्त्री निवास बालुाटारमा बसेको कांग्रेस, माओवादी,नकेपा एस, जसपा लगायतका दलहरुले उक्त निर्णय गरेका हुन् ।
बैठकबाट बाहिरिएपछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘अहिले ६ बजे साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गर्यो ।’
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चाको समर्थन कांग्रेसका उम्मेदवारलाई हुने भएको हो । कांग्रेसले उम्मेदवार तय गर्न भोलिका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ ।