काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रपति निर्वाचनबारे सहमति जुटिनसकेको बताएका छन् । आज एकीकृत समाजवादी र जसपासँगको छलफलपछि प्रचण्डले यस्तो बताएका हुन् ।
राष्ट्रपतिमा सहमति जुटेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ुछलफल चलिरहेको छ । फाइनल भइसकेको छैन ।ु उनले यसबारेमा भोलि फेरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफूले छलफल गर्ने बताए । त्यस्तै कांग्रेससँग पनि छलफल गर्ने उनको भनाइ छ ।
पुरानै गठबन्धन ब्युँताउने विषयमा पनि छलफल भएको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, सबैको सबैसँग छलफल भइरहेको छ ।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा दहरूले छलफलाई तीव्रता दिएका छन् । त्यसैअन्तर्गत आज तीन दलबीच छलफल भएको हो । राष्ट्रपतिको निर्वाचनमा केन्द्रित रहेर भएको छलफलले सहमति जुटाउन भने सकेन ।
छलफल भोलि पनि जारी राख्ने र एउटा निष्कर्षमा पुग्ने भन्ने भएको छ, बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, राष्ट्रपतिलगायतका उम्मेदवारका सम्बन्धमा के गर्ने भनेर व्यापक छलफल भयो सहमति र कुनै निर्णय भएको छैन । भोलि फेरि छलफल गरेर टुंग्याउने भन्ने भएको छ ।
बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि सहमति जुटिनसकेको प्रतिक्रिया दिएका छन् । सरकार, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायतका विषयहरूमा छलफल भयो । छलफल निरन्तर जारी छ, यादवले भने ।
त्यस्तै नेकपा एसका नेता प्रकाश ज्वालाले पनि छलफल भइरहेको र निष्कर्षमा पुगिनसकेको बताए । तीन पार्टीबीच पहिलेदेखि नै छलफल हुँदै आएको बताएका ज्वालाले कुराकानी सकारात्मक रहेको प्रतिक्रिया दिए । उनका अनुसार समाजवादी मोर्चा बनाउने बारेमा पनि छलफल भएको थियो ।
उनले राष्ट्रपति चुनाव र पार्टी अध्यक्ष माधव नेपालका बारेमा पनि कुराकानी भएको र त्यो स्वाभाविक भएको बताए । ुमाधव नेपाललाई राष्ट्रपति बनाउने सम्बन्धमा चुनावको संघारमा आइरहेको विषयमा छलफल हुने नै भयो,ु उनले भने ।