काठमाडौं । नेकपा एमालेले १३ गते बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । राष्ट्रपतिको उम्मेदवार तय गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । १३ गते राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता हुदै छ ।
उम्मेदवार मनोनयनको मिति नजिकिँदै जाँदा पनि दलहरूबीच राष्ट्रपतिको विषयलाई लिएर कुनै सहमति जुटेको छैन ।
राष्ट्रपति चुनावमा प्रदेशसभाका सदस्य र संघीय संसदका सदस्यले मात्र मतदान गर्ने भएकाले दलहरूले गर्ने सहमति र निर्णयअनुसार नै आगामी राष्ट्रपति को हुन्छ भन्ने निश्चित हुने भएकाले दलहरूले गर्ने निर्णयप्रति चासो बढेको छ ।