जुम्लामा भौतिक संरचनाको अभाव खेप्दै आएको सशस्त्र प्रहरी बलको ब्यारेक बन्ने

जुम्ला ः जुम्ला सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको आफ्नो ब्यारेक निर्माण हुने भएको छ ।जुम्ला २०६४ सालको संविधानसभा निर्वाचन देखि जुम्लामा बस्दै आएको सशस्त्र प्रहरी बलको तातोपानीगाउँपालिका ५मा ब्यारेक बन्ने भएको हो । यसको लागी तातोपानी गाउँपालिकाले २२ हजार वर्गमिटरको जग्गा उपलब्ध गराएको छ । त्यहाका स्थानीयको समन्वयनमा तातोपानीगाउँपालिका सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लालाई गग्गा दिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले बताए । उनका अनुसार सशस्त्र प्रहरी बललाई अबश्यक परेको खण्डमा बास थाप्ला सामुदायिक वनले समेत जग्गा दिने निणर्य समेत गरेको छ ।


सशस्त्र प्रहरीले लामो समय देखि जग्गा खोज्दै आएको थियो । अहिले जग्गा प्राप्त भइसकेको छ। तर जग्गामा भौतिक संरचना अभाव हुने देखिएको सशस्त्र प्रहरीबलका एसपी चेतराज जोशीले बताए । उनले भने यहा तत्काल बन्ने भनिएको भवनमा ५० जनाको जनशत्ति अटाउने छ । तर यहा ब्यारेक सार्नकोलागी अझै तिनवटा भवन अभाब हुने देखिन्छ । निर्माण नहुँदा तत्काल सार्न सकिने अवस्था छैन। जब सम्म संरचनाहरु बनेर तयार हुँदैन तबसम्म सशस्त्र प्रहरीको जुम्लामा ब्यारेक हुने छैन,’ सशस्त्र प्रहरीका एसपी चेतराज जोशीले भने ।

ससस्त्रबललाई भौतीक संरचना अभाव हुने

सशस्त्र प्रहरी बलको ब्यारेक बन्ने निश्चित त छ तर भवन कहिलेसम्म बनिसक्छ यकिन भएको छैन। तातोपानी ५मा रहेको जग्गा चार करोड ५२ लाखको भौतिक संरचना बन्ने गरी ठेक्का भएर काम पनि सुरु भइसकेको छ।चारवटा पक्की भवन बन्दैछन्। चारवटा पक्की भवन बन्ने वित्तिकै एक प्लाटुन राखेर काम सुरु गर्ने तयारीमा सशस्त्र प्रहरी छ। तर भवन बनाउन ढिलो हुने भएकाले गण नै सार्न केही समय लाग्ने देखिन्छ । सबैको साथ सहयोग मिलेमा आगामी कात्तिक महिनासम्म गण सार्न सकिने सशस्त्र प्रहरीबलका एसपी जोसीको तयारी छ ।


त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले सशस्त्रको आफनै ब्यारेक नहुँदा कहिले एयरपोर्ट, कहिले सीडीओ कार्यालय, कहिले महिला तथा बालबालिका कार्यालयमा त कहिले कर्मचारी आवासमा बसेर दिन गुजार्नुपर्ने अवस्था रहेको छ । जुम्लामा सशस्त्र प्रहरी छरिएर बसेको अबस्था छ । उनका अनुसार जुम्लामा नेपाल प्रहरी र नेपाली सेनाको आआफ्नै ब्यारेक छन्। सबै भन्दा भौतिक संरचनाको अभाव सशस्त्रप्रहरीले खोप्दै आएको छ । उनीहरुलाई खटनपटनदेखि फौजी तालिम प्रदान गर्न पनि सहज छैन्। अहिले प्रशासन कार्यालय, महिला बालबालिका कार्यालय र कर्मचारी आवास गरेर तीन स्थानमा सशस्त्र प्रहरी बसिरहेको छ।

त्यस्तै नेपाली सेनाको टुँडिखेलमा सशस्त्र प्रहरीका खेलकुद क्रियाकलाप गर्दै आएको छ । सडकमा दौडाउने कार्य चलिरहन्छ। फौजीको हिसाबले भन्दा पनि गण भएकाले तीनतिर छरिएर बसेको सशस्त्र प्रहरीले जेनतेन जनताको सुरक्षामा अब्बलता प्रदर्शन गरिरहेको सशसत्रका गणपती चेतराज जोशी बताउँछन्। सशस्त्र प्रहरीका अनुसार प्रशासन कार्यालय हाताभित्र संरचनाहरु निर्माणको लागि ठेक्का भइसकेको छ। त्यसैले पनि तत्काल सशस्त्र प्रहरीलाई अर्को स्थानमा सर्नुपर्ने बाध्यता छ।

सशस्त्रलाई सामूहिक अभ्यास गर्न कठिन

सशस्त्रका एसपी जोशी भन्छन्,’ भौतिक संरचनाकोको अभावले विपदजन्य क्रियाकलापमा खटिनेदेखि सामूहिक अभ्यास गर्न कठिन छ। तर पनि मिलाएर सबै काम गरिराखेका छौं। जनताको गर्नुपर्ने सबै सेवा गरिराखेका छौं। स्थापना कालदेखि नै सशस्त्र प्रहरीको ब्यारेक निर्माणको लागि जिल्लाभर जग्गा खोजिएको थियो। तर कतै पनि जग्गा प्राप्ति भएन। अन्तिम समयमा तातोपानी गाउँपालिकाले ५ नम्बर वडामा रहेको डुठाचौरमा २ बिघा ९ रोपनी तीन धुर जग्गा उपलब्ध गराएको छ। पालिकाले दिएको जग्गासँगै जोडिएको बासथाप्ला सामुदायिक वनले चाहे जति जग्गा उपलब्ध गराउने भनिरहेको छ।’ नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाले ब्यारेक नहुँदा निकै समस्या बेहोरिरहेको छ ।

सम्बन्धित समाचार