जुम्लामा प्रजातान्त्र दिवस :तातोपानीमा ५मा वृक्षारोपण

जुम्ला : जुम्लामा ७३औं प्रजातान्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ। शसस्त्र प्रहरी बल नेपाल नम्वर ३३ त्रिपुरा गणको आयोजना र जुम्लाका प्रमुख जिल्ल अधिकारी मुकेश कुमार केशरीको अध्यक्षतामा बृक्षारोपन कार्यक्रम गरिएको हो । तातोपानीगाउँपालिका–५ मा पर्ने बासथाप्ला सामुदायिक वनको डुठेचौरको नाङगो डाँडामा बृक्षारोपन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गणकोे परिसरमा वृक्षारोपण गरिएको छ । त्यहा सशस्त्र प्रहरी बलको नयाँ भवन बन्ने तयारी हुदै छ ।


त्यो ठाउमा १ सय ७० बिरुवा रोपिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले बताए। १ सय स्याउ,१० दातेँ ओखर,२० धुपी,२०,देवदार र २० सलाका विरुवा रोपिएको छ । उनका अनुसार स्याउको बिरुवा स्याउ सुपरजोनले सहयोग गरेको हो । भने अन्य सबै बिरुवा डिभिजन वन कार्यालय जुम्लाले सहयोग गरेको छ ।


विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक बर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवस आइतबार जुम्लामा पनि मनाइएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन्।
वृक्षारोपणमा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पहिले राष्ट्रिय प्रजातन्त्र दिवस नेपालीले चार्डपर्वको रुपमा मानाउदै आएको बताए । उनले भने लोकतन्त्र पछि यसको महत्वमा कमी आएको बताए । उनले भने, यसपटकको त्रिपुरा शसस्त्र प्रहरीबल नम्वर ३३ ले प्रजातन्त्रको झल्को दिलाएको छ । उनले भने तातोपानी धाराका नामले परिचित तातोपानी गाउँपालिकाले अहिले आबश्यकताका आधारमा काम गर्दै आएको बताए । वृक्षारोपण गरेर मात्र नहुने भन्दै दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए। उनले घेराबन्दी,सिचाइँ र रेखदेखको उचित व्यवस्थापन गर्न अनुरोध गरे।

त्यस्तै चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायत,हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही,पातारासीकाका अध्यक्ष पूर्णसिंह बोहोरा, तातोपानीकाका अध्यक्ष नन्दप्रसाद चौलागाई र विषयगत कार्यालयका प्रमुखहरुले वृक्षारोपण गरेका थिए। उक्त वृक्षारोपण कार्यक्रममा गणपति रविन थापा,डिएसपी प्रल्हाद कार्की एसपी चेतराज जोशी प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी डिभिजन वन कार्यालयका प्रमुख दिनेशजङ्ग खत्री, भु–जलाधारका प्रमुख हिमालय साउद,स्याउ सुपरजोक कार्यालय जुम्लाका प्रमुख खेमराज शाही र उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा सहभागीता रहेको थियो।

सम्बन्धित समाचार