जुम्लाका विद्यालयमा भर्ना अभियान शुरु

जुम्ला ः जुम्लाका सामुदायिक बिद्यालयले भर्ना अभियान सूरु गरेका छन । विद्यालय बाहिर रहेका बालबालिकाहलाई विद्यालयको पहुचमा ल्याउनको लागी भर्ना अभियान शुरु गरिएको हो । मंसिरमा वार्षिक परीक्षा सकेर फागुन पहिलो साता सम्म जुम्लाका विद्यालयमा हिउँदे विदा हुने गर्दछ । यतिबेला जुम्ला सबै सामुदायिक बिद्यालयहरुले भर्ना अभियान थालेका छन ।

त्यस्तै तातोपानी गाउँपालिका ५मा रहेको दुर्गा माध्यमिक बिद्यालय लाम्राले हिउँदे विदा सकिएलगत्तै भर्ना अभियान शुरु गरेको छ ।भर्ना अभियानलाई सार्थक र सफल वनाउनको लागि अभिभावक, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिको भुमिका अहम हुने दुर्गा माध्यामिक बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर शाहीले बताए । उनले भने,हाम्रो बिद्यालयले कक्षा १ देखि नौ सम्मको भर्ना खुलेको छ । यो अभियान फागुन १० गते सम्म चल्ने भएको छ ।उनका अनुसार सबै बालवालिकाहरुलाई बिद्यालय पठाऔँ ,शिक्षा प्रप्त गर्ने अधिकार सुश्चित गरौँ भन्ने मुल नाराका साथ सबैको घरदैलोमा यो भियान चलाइएको छ ।


त्यस्र्तै विद्यालयको पहुँचमा बालबालिकालाई पुरयाउनको लागि अन्तरक्रिया कार्यक्रम,घरदैलो अभियान, प्रसारप्रचार लगायतका विभिन्न कार्यक्रम तय गरिएको दुर्गामाबि लाम्राका शिक्षक जयशंकर धितालले बताए । उनका अनुसार सबै बालिकालिका निजि बिद्यालयमा होइन सामुदायिक बिद्यालयमा पढाउनका लागी सबै संग समन्वय गर्ने गरिएको छ ।उनले भने,”अझै पनि गरिब तथा विपन्न र अपांगता भएका बालबालिका विद्यालयको पहुँचमा आउन सकेका छैनन ।

यो वर्षको भर्ना अभियानलाई छुटेका सबैलाई विद्यालयसम्म पुर्याउन हरसंभव प्रयत्न भइरहको दुर्गामाध्यमिक बिद्यालय लाम्राका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवि चन्द्रआचार्यले बताए । उनका अनुसार कक्षा १ देखी १२ कक्षा सम्म पठाइ भइरहेको छ । यस वर्षबाट कक्षा १ देखी ५ सम्म अंग्रेजी माध्यमबाट पढाईने भएको छ । उनले भने,”सरकारी बिद्यालयमा पनि शिक्षाको गुणस्तर बढाउनु पर्छ भन्ने मान्यताका साथ दुर्गा माबि लाम्राको बिद्यालय परिवार लागी परेको छ ।

सम्बन्धित समाचार