जुम्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ७ बजे कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यू भएको हो ।
प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पातारासी–२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेका छन् । ५ जना घाइते भएका छन । घाइते हुनेमा पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीय सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीय मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका प्रहरीले जनाएको छ ।
घाईतेको अवस्था सामान्य भएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
घटना स्थलमा रातिनै प्रहरी गएको थियो, । घटनास्थलको प्रहरी मुचुल्का वनाइ सकेपछि शव पोष्टमार्टमका लागि अस्पतालाई ल्याईदै गरिएको अवस्था छ । ट्याक्टर चालक भने फरार भएका छन् । चालकको प्रहरीले खोजी कार्यजारी गरिरहेको छ ।यस अघि माघ २ गते सो सड्कमा जीप दुर्घटना हुदा पातारासी १ कै एक जनाको ज्यान जानुका साथै १५ जना घाईते भएका थिए ।