सत्ता गठबन्धनमा समस्या आएकै हो?

काठमाण्डौँभारतीय विदेश सचिव विनय मोहन क्वात्रा दुईदिने नेपाल भ्रमण गरी फर्किएका छन्। परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुन आएको भनिए पनि उनको दौडधुप राजनीतिक रूपमा केन्द्रित थियो।

नेपाली समकक्षी परराष्ट्र सचिव भरतराज पौड्यालसँग करिब एक घण्टा बिताएका क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपालसहितका शीर्ष नेताहरूसँग भेट गरे।

उनको भेटवार्ता राष्ट्रपति निर्वाचन र सत्ता गठबन्धनको भविष्यबारे केन्द्रित रहेको स्रोतले जानकारी दिए। सत्ता गठबन्धनभित्र सहमति भए एमालेका उम्मेदवार राष्ट्रपति बन्ने भय भारतलाई देखिएको छ।

सोहीअनुसार उसले आफू अनुकूलको गैरकम्युनिष्ट व्यक्तिलाई राष्ट्रपतिमा ल्याउने खेल सुरू गरेको देखिन्छ।

यसको छनक स्वयं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाइसकेका छन्। अध्यक्ष ओलीले राष्ट्रपतिमा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको विषय ल्याउनु र भारतीय चलखेल बढ्नुमा गठबन्धनको आयु धेरै नभएको संकेत गरेका छन्। उनले राष्ट्रपतिको निर्वाचनमा नै सात दलीय गठबन्धन फुटाउने चलखेल भइरहेको खुलासा गरे।

‘अहिले साथीहरू काफी प्रशन्न भएको देख्छु म। हामीले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ,’ अध्यक्ष ओलीले मंगलबारको एक कार्यक्रममा भने। ‘हाम्रो संसदीय बनावट अस्थिरता आउने खालको छ, अहिले देशमा स्थायित्व हुन नदिने प्रचार भइरहेका छन् । देश बर्बाद बनाउन प्रहार हुन सक्छ, एमाले सचेत हुनुपर्छ। सत्ता प्राप्त गर्न र टिकाउनका लागि राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय गौरव कुनै कुरा छोडेर, लत्रिएर एमाले जाँदैन।’

त्यस्तै, एमाले महासचिव शंकर पोखरेल छिमेकी मुलुकहरूले अस्थिरताभित्र भूमिका खोज्न नहुने बताउँछन्। उनले ३२-३३ वर्षमा मुलुकले २८ प्रधानमन्त्री भएर मुलुकले विकास गर्न सक्छ? भन्दै प्रश्न गरेका छन्।

‘नेपालको राजनीतिभित्र अस्थीरतामा रमाउने प्रवत्ति छ। स्थायीत्वभित्र मुलुकलाई लैजानुपर्छ। हाम्रा छिमेकी हरूले पनि अस्थिरताभित्र छिमेकको हित हुँदैन भनेर बुझ्नुपर्छ। राजनीतिक अस्थीरताभित्र आफ्नो बढ्प्पन र भूमिका खोज्ने प्रवृत्ति उचित होइन। यसले मुलुकलाई हानी गर्छ भन्ने कुराको चेत नेपालका राजनीतिक दलका नेताहरूमा हुनुपर्छ। ३२ ३३ वर्षमा मुलुकले २८ प्रधानमन्त्री भएर मुलुकले विकास गर्न सक्छ? यसको जवाफ सचेत नागरिकले दिनुपर्छ,’ महासचिव पोखरेलले भने।

महासचिव पोखरेलले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्ने बताउँदै सोहीअनुसार सहमति जुटाउने बताए।

‘हामी अस्थिरताका पक्षमा छैनौं। समीकरण बनेको छ। समीकरणको उम्मेदवार हुन्छ। त्यसका पक्षमा सहमति जुटाउन प्रयास गर्छौं,’ उनले भने।
महासचिव पोखरेलले सत्ता गठबन्धन नफुट्यो यसलाई सफल बनाउन आफूहरू लागिरहेको बताए।

‘हामी यो सरकार र समीकरणलाई सफल बनाउनपर्ने पक्षमा छौं। माओवादी पनि सहमतिमा छ,’ उनले भने।

यसैगरी, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा नै भूमिका खेलेको आरोप लगाए।

बुधबार प्रतिनिधिसभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन्। उनले शक्ति राष्ट्रहरुले यसपटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रतिका लागि भूमिका खेलिरहेको बताए।

‘एक दुईदिन पहिलो छिमेकी राष्ट्र भारतबाट परराष्ट्र सचिवको नेपाल आगमन भयो। एउटा कर्मचारी। उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरुको बीचमा उहाँले भेटघाटको अभियान चलाउनुभयो। राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरुलाई अलिकति लाज लाग्दैन,’ उनले भने, ‘नेपालमा अहिले चर्चाको विषय छ, राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ। त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रुपले नै आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ।’

माओवादीको अडान

माओवादी केन्द्रले राष्ट्रिय सहमतिको विषय अझै छोडेको छैन। सहमतिबाट राष्ट्रपति चयन गर्दा भोलिका दिनमा आइपर्ने जस्तासुकै समस्या पनि समाधान गर्न सकिने माओवादीको ठहर छ। ​

उपमहासचिव हरिबोल गजुरेलले राष्ट्रिय सहमतिको विषयमा कसैले पनि शंका गर्नुपर्ने बताए।

‘हामीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ। इसमा कसैले पनि शंका गर्नुपर्दैन,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत उपमहासचिव गजुरेलले भने।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे आधिकारिक धारणा सार्वजनिक गर्दै छ। फागुन १३ गते बस्ने पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

ओलीप्रचण्डबीच चिसोपना

माओवादी केन्द्रले पुस १० को सहमति तोडेर राष्ट्रिय सहमतिको विषय निकालेपछि ओली प्रचण्डसँग रूष्ट बन्दै आइरहेका छन्। राष्ट्रपतिको विषयलाई लिएर उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीचको सम्बन्धमा पनि चिसोपना बढ्दै गइरहेको छ।

केही दिन अगाडि बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ओली र प्रचण्डमा रहेको विवाद मिलाउन सुझाव दिएका थिए।

दिनहुँजस्तो भेट गर्दै आएका दुई नेताबीचको भेटघाट पछिल्लो समय पातलिएको छ।

‘माओवादी केन्द्र आफ्नो अडानबाट पछि हटेको छैन। सहमतिको प्रयास जारी छ। उहाँहरू (ओली र प्रचण्ड)बीच फेरि भेट होला,’ एमालेका एक नेताले भने।

गठबन्धन ब्युँत्याउने प्रयास

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेस पुरानै गठबन्धन ब्युँत्याउने प्रयासमा जुटेको छ। कांग्रेसका नेताहरू चाँडै नै गठबन्धन भत्किने बताउन थालेका छन्।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत सोमबार फागुन १० गतेसम्म सात दलीय गठबन्धन भत्किने दाबी गरे।

‘पुस १० गते बनेको अहिलेको ७ दलीय गठबन्धन फागुन १० गते भत्किएर चुनावअघिको ५ दलीय गठबन्धन ब्युँतिन्छ’, थापाले भने, ‘राष्ट्रपति चुनावमा पनि कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारले जित्छ।’

एकीकृत समाजवादी पार्टी पनि एमालेलाई राष्ट्रपति दिने पक्षमा देखिँदैन। अध्यक्ष माधव कुमार नेपालले एमालेका उम्मेदवारहरू सभामुख र राष्ट्रियसभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताए।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन राष्ट्रपतिको चुनावसम्म रहने दाबी गरेका थिए। गत माघ अन्तिम साता सकिएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले यो सरकार राष्ट्रपतिको चुनावसम्म थेगिन सक्ने दाबी गरेका थिए।

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा दुईदिने नेपाल भ्रमण गरी फर्किएका छन्। परराष्ट्र सचिवस्तरीय बैठकमा सहभागी हुन आएको भनिए पनि उनको दौडधुप राजनीतिक रूपमा केन्द्रित थियो।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन राष्ट्रपतिको चुनावसम्म रहने दाबी गरेका थिए। गत माघ अन्तिम साता सकिएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले यो सरकार राष्ट्रपतिको चुनावसम्म थेगिन सक्ने दाबी गरेका थिए। थाहा खवरबाट सभार

सम्बन्धित समाचार