१०४ वर्षिय जहाँनीय राणा शासन कालमा आफ्नो खेतबारीमा काम गर्दागर्दैको अवस्थामा राणाले बोलेपछि उसको भारी बोकेर उसैको गन्तव्यमा जानु पर्दथ्यो । राणाको बास कुनै गाउँको घरमापर्यो र त्यस घरमा कन्या राम्री रहिछन् भने राणाको गलत नजरमा पर्नुपर्दथ्यो । त्यस घरको पूरुष राणाको भरिया बन्नुपर्दथ्यो । गाउँमा रहेका आर्थिक रुपले विपन्न समुदाय बोक्सी, छौडा लगायतका अन्धविश्वासका साधनबनाइने र विभिन्नप्रकारका यात नादिने गरिन्थ्यो ।
प्रजातन्त्र प्राप्तिका लागि तत्कालिन अवस्थामा राजा त्रिभुवन सहित नेपाली जनताले विद्रोह गरेर राणा शासनको अन्त्यभयो । केहीवर्ष राणाकै निगरानीमा शासनशैली सञ्चालन भए पनि २०१५ सालमा आमनिर्वाचनभयो । यो निर्वाचन राणा र राजालाइमनपरेको थिएन त्यसैले २०१७ सालमा राजा महेन्द्रले शासनसत्ता आफ्नै हातमालिए । त्यति बेला विकास निर्माणका केही पूर्वाधार खडा गरेको र विदेशी सामू नझुेको इतिहास रहेको छ । उनको मृत्युको सहि कारण अझै पत्तालागेको छैन । भौतिक पूर्वाधारका क्षेत्रमा राजा महेन्द्रले गरेका निर्माणहरु अहिले सम्म प्रयोगमा रहेका छन् ।
पञ्चायती शासन व्यवस्थाका विरुद्ध काँग्रेस र कम्युनिष्टहरु आन्दोलनमा रहिरहे, २०४६ सालको जनआन्दोलन बाट २०४७ सालमा बहुदलको घोषणा भयो । बहुदलको घोषणा भएको कुरा राजपरिवार भित्र र विदेशीशक्तिलाइ मन परेको थिएन । २०४७ पछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विकासको थालनी सुरु भयो । गाउँगाउँमा विद्यालय र स्वास्थ्यचौकीहरु खुल्नथाले । जनताका आधारभूत आवश्यकताहरु ज्यूँकात्यूँ रहे ।शब्दमा प्रजातन्त्र भने पनि व्यवहारमा राणाहरुले गर्ने व्यवहार भन्दा फरक व्यवहार जनताले पाउन सकेनन् ।
२०५२ सालबाट जनयुद्धको घोषणा भइ २०६२ सम्मअधिकार जनतालाइ दिन खोज्ने र अधिकार दिन नखोज्ने वीच युद्ध भयो । युद्धमा राज्य पक्षबाट निर्मम ज्यादती भयो । जहाँनीय राणाशासन कालको भन्दानिक्कै कठोर यातना र पिडा नेपाली जनसमुदायले भोग्नु पर्यो । मुलुक शान्ति प्रक्रियाबाट आजको स्थान सम्मआइ सकेकाले युद्धका नाममा भएका भयानक र अकल्पनीय घटनाहरुलाइ यहाँ सबै उल्लेख गर्न सकिएन ।
पछिल्लो समय २०६४ सालदेखि परिवर्तनका लागि जनताको अधिकार स्थापितगर्न लागि परेको नेकपामाओवादी केन्द्र सरकार र सत्तामानिरन्तर सहभागि रहेको छ । यस वीचमाजनताका धेरैअधिकारहरु स्थापितभएका छन् । ग्रामीण क्षेत्रमा स्थानीय सरकार स्थायी रुपमाजनताको सेवाकालागि रहेको छ । काठमाण्डौबाटमात्रै सम्पादनहुने कामहरु प्रदेशमापुगेका छन् । नीतिगत रुपमाजनता कामागहरु सम्बोध नहुनेगरी योजनाहरु आएका छन् ।
धेरै राम्राकामहरु हुँदाहुँदै पनि परिवर्तनमा अवसर खोज्ने ढोँगीहरुको कमिभने माओवादी भित्रकम छ भन्न सकिदैन । विशेषगरी सत्तामा पुगेपछि क्रान्तिकारी नेताहरु पुरानै शैली र व्यवस्थामाभुल्ने गरेका छन् । भौतिक सेवासुविधामा हराएका छन् । भए गरेका राम्राकामहरुको समेत अभिलेखिकरण गर्न सकेका छैनन् । आफ्नो अवसरको लागि नेतृत्वलाइगुहार गर्ने काममा सबै लागि परेका छन् तर नेतृत्वले गरेका असलकामको बारेमानागरिक स्तरसम्मपुग्ने गरी बोल्न र लेख्न हिच्कि चाउँछन् ।शहिद वेपत्ता जनहरुलाई शब्दले सम्मान गर्दछन् तर तिनका परिवाजनका समस्यामा साथदिनवा समस्याबुझ्न कहिल्यै अघि सर्दैनन् ।
ग्रामीण क्षेत्रमा हुने विकास निर्माणका योजनाबाट लाभलिने मनसाय राख्दछन् र शहरका विभिन्न भागमा कँक्रिट महलको सपना देख्दछन् । सपना पूराहुनेहरु झनै ठूला नेताहुने, मन्त्रीहुने र अझै माथिपुग्ने योजनामा विभिन्न हतकण्डा अपनाउँछन् । शहरमा महलनहुनेहरु पिडामा छटपटिएर आफ्नो केही नभएको भन्दै क्रान्ति र आन्दोलन व्यर्थ रहेको भन्दै गुनासो गरिरहन्छन् ।भौतिक बस्तुलाई मात्र आफ्नो हो भन्ने ठान्नेहरु क्रान्तिकारी होइनन् । जनताले पाएको अधिकार र न्यायलाइआफ्नो ठान्न सक्नुपर्दछ ।
साच्चै यो आन्दोलन लुकीछिपि धन बटुल्न, आफ्ना छोराछोरीलाइ थरीथरी ब्राण्डका रक्सीको पोखरीमा डुबुल्की लगाउन, विदेश सयर गराउन, आफ्नै नाममासिँगो पृथ्वी नै प्लटिङ गर्न तर्फ अग्रसर हुन,नयाँनयाँश्रीमती बटुल्न,गलतकामको विरोध गर्ने असलकार्यकर्ताहरुको हत्या योजनातयार गर्न, शहिद वेपत्ता परिवारजनलाई हेयको भावना हेर्न, सत्ताको आडमा कर्मचारी सरुवा बढुवा गरी लाभलिनगरिएको थिएन ।तिमीहरु कार्यकर्ता हौ बाचुञ्जेल हाम्रो सेवागर्नुपर्छ, तिमीहरुलाई नेताबनाएर हामीले झोला बोक्नमिल्दैन भन्दै आफै मात्रै नेता बन्नखोजिरहने प्रयोजनका लागिक्रान्तिको सुत्रपात भएको थिएन ।कमरेडहरुले नमस्कार नगरेर सलाम गरेको यहाँहरुलाई सायद स्मरण होला । यहाँउही १०४ वर्षे जहाँनीय शासनव्यवस्थाका लागि जनयुद्ध गरिएको थिएन ।
हिजो आफ्नै काममा खटिएका किसानहरु राणाको निसानामा पर्दथ्ये आजप्रजातन्त्र, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विभिन्नशब्दहरु सहितको शासनव्यवस्थामापनि शैलि जहाँनीय शासनव्यवस्था भन्दा उच्चतहको सोचविचारको जनताले हेर्न पाएनन् । सुत्केरी महिलाको रक्तश्राव रोक्न इमर्जेन्सी उपचार कक्षमा हिडेका डाक्टर पुरानै व्यवस्था अनुसार कुटिएका छन् । उनीहरुको रोजिरोटी खोसिएको छ । सत्ताको मालिकहरुबाट हुने चरम दमन र शोषण कायमै राख्न जनयुद्ध भएको थिएन ।
आफूले र आफ्ना कार्यकर्ताले राज्यकाधन लुट्न सके क्रान्तिको स्वाद मिठो हुने र नसके क्रान्तिआवश्यक छ भनेर मुख उद्य्याइरहने जुन स्वार्थपूर्ण दैनिकी छ,त्यसलाई नेताहरुले सुधार गर्न नसक्दादेशमा नयाँ राणाहरुको उदयभइरहेको छ । जनताले न्यायपाएका छैनन् । देशविदेशका शान्ति विरोधीपक्षले निरन्तर हमलागरिरहेका छन् । जनयुद्धबाट जनस्तरमा आएको व्यापक परिवर्तनलाइ आत्मसाथ गरी अघि बढ्नु आजको आवश्यकता रहनगएको छ ।नेतालाई एककिलो स्याउ, एकबोत्तल रक्सी उपहार दिएको वान याँश्रीमती मिलाइदिएको नाममा जुनसुकै हर्कत गर्न पछि नपर्नेहरु नेताको आशिर्वादले अब्बल क्रान्तिकारी बनिरहेका छन् ।
आफूलाई कम्युनिष्ट नेताभन्नेहरु उपहारको आशामा बस्नुभनेको विचार विहिनहुनु हो । यहीविचार विहिन नेतृत्वकाकारण नेता ठोस विचार लिएर अघि बढ्न सकिरहेका छैनन् ।युद्धका कहालीलाग्दा समयहरु, शहिद, बेपत्ता, घाइते योद्धा, तिनका परिवारजनहरु लाई सम्झिएर, व्यवहारीक साथलिएर र दिएर अघि बढ्नु आजको आवश्यकता रहनगएको छ ।
जनयुद्ध उचितभएको र यसका नेतृत्वकर्ताहरुले मात्रै देशलाई अगाडि बढाउन सक्छन् भन्ने प्रमाण देशमा सबैले देखिरहेका समय त्यस भन्दातलका नेता तथा कार्यकर्ताहरु आफ्नै व्यक्तिगत स्वार्थसिद्धका लुते धन्दामालागेर समाजवादमा पुग्ने यात्रुहरुलाई हुलहुज्जतको भिडमा अल्मल्याइ राख्नु हुँदैन । स्वार्थमा रमाएका यस्ता नेतालाईलतारेर अघि बढ्नुपर्दछ । नेपाल राष्ट्र र नेपाली जनताको सर्वोपरी हितका पक्षमा सबै एक भएर जुट्नुपर्दछ ।
सन्दर्भ २८ औँ जनयुद्ध दिवस
लेखक प्रेस सेन्टर नेपालका पदाधिकारी हुन् ।