जुम्ला : जुम्लाको पातारासी गाउँपालिकाले सवै नागरिकलाई स्वास्थ्य वीमाको पहुचमा ल्याउने भएको छ । गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रममा वीमा गर्न छुटेका तथा आर्थिक अवस्था न्युन भएका नागरिकहरुलाई स्वाथ्य सेवाको पहुजमा ल्याउने बताएको छ ।
यो कार्यक्रमलाई लोकप्रिय कार्यक्रम भएको भन्दै यसलाई चाडो लागु गर्ने प्रयास रहेको छ । गाउँपालिकाले बर्षमा दुई जना स्थानीयलाई निशुल्क एम विविएस अध्ययन गर्नका लागि आर्थिक सहयोग गर्ने निति अनुसार एक जनालाई पहिलो बर्ष ७ लाख रुपैया प्रदान गरिएको बताएको छ ।
त्यस्तै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार पातारासी गाउयँपालिका ४ निवासी नविन रेउलेलाई एमविविएस अध्ययनका लागि सहयोग भएको छ । संयोजक बुढ्थापाका अनुसार रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् ।
विश्वको अग्लो धान फल्ने छुमचौरमा धान उत्पादन बढाउने संघीय सरकारको योजनालाई निरन्तरता दिन पहल भईरहेको गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहराले बताए । उनका अनुसार छुमचौर घेरवार योजनाको बजेट विनियोजन गर्न पहल गरिरहेको छ ।
यसैगरी पातारासीकै उच्च स्थान लोटचौरमा हाई अल्चिच्यूट खेलकुद तालिम केन्द्रका लागि ५० लाख गाउँपालिकाको पहलमा संघीय सरकारले विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन । उनले भनिन, विगत देखी शुरु भएको यो योजना विचैमा अलपत्र परेको थियो । अव सुचारु हुने भएको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद धितालका अनुसार पातारासी गाउँपालिकाले वड ागत ७८ वटा योजना मध्य मध्य ४१ योजना सम्पन्न भएका छन् । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका ७ वटा योजना ७ वटै योजना सम्झौता भएका छन् । मुख्यमन्त्री रोजगार ६७ वटा योजना मध्य किनाराखोला तटवन्धन सम्झौता भई अघि बढेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा रु २०६ वटा योजना सम्पन्न गरेको जानकारी गरेको छ ।
यसैगरी गाउँपालिकाले यस क्षेत्रको मुख्य सड्क उर्थु–पेरे सड्कको स्तरबृद्धिमा जोड दिईएको छ । यसैगरी भेडावाख्राको उपचार सँगै पाटन क्षेत्रमा अर्थिङ सेन्टर स्थापना गरिने भएको छ । यसैगरी एक करोड ९० लाख जलवायू अनुकुलन बजेट रहेको छ ।त्यस्तै स्थानीय भक्तबहादुर बुढाले विश्वकै अग्लो स्थानमा धान फल्ने छुम ज्यूलोको योजना यथासिघ्र सफल पार्नुपर्ने बताए । उनले वडा नम्बर २ को टेलिफोन टावरमा निमार्णको लागी पहल गर्न अनुरोध गरे ।