चन्दननाथ एक स्थित एक घरमा आग्लागी हुदा १४ वर्षिया बालिकाको मृत्यु , एकजना घाइते


जुम्ला ः चन्दननाथ नगरपालिका एकमा आग्लागी हुदा १४ वर्षिया बालिकाको मसत्यु भएको छ । लोक बहादुर भण्डारीको घरमा गयराती साढे १० बजे आग्लागी हुदा उनकी छारी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी जुम्लाका अनुसार घरमुली लोक बहादुर भण्डारी घाइते भएका छन । त्यो घरमा भण्डारीका सासु श्रीमती छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले बताए । उनका अनुसार लोक बहादुर खुट्टा पोदिलएको छ । अन्य परिवार सहकुशल रहेका छन । उनका अनुसार ढुङगा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाएको थियो ।

प्रहरीका अनुसार आगो बिचको तलाबाट लागेको अनुमान गरीएको छ । मृतर्क बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसकीएको हो । प्रहरीले आग्लागीको कारणको बारेमा अनुसन्धान गरी रहेको छ । पुरै घर जलेरनष्ट भएको छ । क्षेतिको बिजवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित समाचार