जुम्लामा वैशाख भित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने
जुम्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई आउँदो वैशाख महिनाभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्र जुम्लाका ८ वटै पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिने कार्ययोजना तयार भएको हो।
जसअन्तरर्गत,आगामी बैशाख १६ गते चन्दननाथ नगरपालिकालाई पुर्णखोप पालिका घोषण गर्ने कार्ययोजना तयारी भएको छ भने तातोपानी गाउँपालिकालाई बैशाख १३ गते, तिला गाउँपालिकालाई १५ गते, हिमा गाउँपालिकालाई १४ गते, सिंजा गाउँपालिकालाई ८ गते पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।
उनका अनुसार कनकासुन्दरी गाउँपालिका,बैशाख २४ गते,गुठिचौर गाउँपालिका २० गते र पातारासी गाउँपालिका ७ गते गरी ८ वटै पालिका बैशाखभित्र पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने छन्।








