रास्वपाका तीन मन्त्रीले बुझाए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका दुई जनामन्त्री र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । उनीहरूले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

त्यसअघि आजै बसेको रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार