टहरामा वास वसेकी बिजमाया जैसीको आवास अभियानका लागि गुठिचौर गाउँपालिकाले रु एक लाख रकम विनियोजन गरेको छ ।गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले कार्यपालिकाको वैठकले रु तत्काल एक लाख रुपैया सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले अहिले तत्कालका लागि रु एक लाख सहयोग गर्ने गाउँ कार्यपालिकाको कार्यालयले निर्णय गरेको जानकारी दिनुभयो । गाउँपालिकाले आवासका लागि सो रकम विनियोजन गर्ने निर्णय गरेपछि आवास वन्ने केही आशा शुरुवात भएको छ ।
गुठिचौर ५ निवासी ४० बर्षिय बिजमाया जैसीको ३ बर्ष देखी हिउँले घर भत्किदा परिवार टहरामा थियो । सो बिषय संचार माध्यामले वाहिर ल्याएपछि बिजमायाको आवास वनाउने अभियान शुरु भएको छ ।
गाउँपालिकामा विजमायाले दिएको निवेदन अनुसार गाउँपालिकाले शुरुवात गरेपछि अव केही आशा जागेको र गाउँपालिकालाई सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले यतिले आवास बनाउन नसकिने तर गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ ।
बिजमाया जैसीको परिवार ३ बर्ष देखी टहरामा हुनुहुन्छ, उहाँ सँगै १५ बर्षिय छोरा र ११ बर्षिय छोरी समेत त्यही टहरामा बस्न वाध्य छन् । १२ बर्ष अघि घर छोडेर गएका श्रीमान् घर फर्केका तर ज्यान मात्रै लिएर आएका बिजमाया बताउनु हुन्छ ।
गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले घरवास विहिन विजमायाको घरका लागि कार्यपालिकाले शुरुवात गरेको तर थप प्रयासमा आफु भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत देवकी रावतका अनुसार उहाँलाई तत्काल सञ्चार माध्याममा आएपछि शुरुवात गरिएको हो । उहाँको सहयोगका लागि अन्य कानून अनुसार मिल्ने केही बजेट शिर्षक भएमा पनि गाउँपालिकाले प्रथामिकता दिने बताउनुभयो । उहाँले बिजयमायाको आवासका लागि अन्य गैरसकारी संस्था तथा निकायहरुले पनि थोरै थोरै सहयोग गर्न अनुरोध गर्नुभयो ।
गाउँपालिकाले शुरुवाती चरणमा गरेको सहयोगले धेरै राम्रो शुरुवात भएको नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिनुभयो । बिजमाया आवासका लागि सरोकारवाला निकाय धाउदै पत्रकार महासंघमा पनि पटक पटक पुग्नु भएको थियो । यस पछि बिजयमायाको अवस्था बुझ्न महासंघका उपाध्यक्ष दिलमाया शाही नेतृत्वको टोली फाईगाउँमा पुग्नुका साथै महासंघले आवास अभियान शुरु गरेको छ ।