काठमाडौं । नेकपा एकीकृत समाजवादीले अर्को बर्षको फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने जारी केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरेको छ ।
महाधिवेशन गर्ने प्रस्ताव बैठकबाट पारित हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
त्यस्तै बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी संगठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गर्ने नेता खतिवडाले बताए ।
बैठकको समापन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीले समाजवादको झण्डा बुलन्द गरेको भन्दै पार्टी समाजवादी बाटोबाट बाहिर नजाने बताए ।
‘जनताको समस्या कसरी सम्बोधन गर्ने भनेर प्रस्ट दृष्टिकोणका साथ जान्छौ’, अध्यक्ष नेपालको भनाइ छ । उनले गत निर्वाचनमा पार्टीले नौ लाख मत पाएको भनेपनि वास्तविक मत ५,६ लाखमात्रै रहेको आफूले अहिले थाहा पाएको बताए ।