जुम्ला । जुम्लामा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला सदरमुकामबाट पातारासी जादै गरेको जीप पातारासी गाउँपालिका ६ कोटाभिरमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायव निरीक्षक यमबहादुर बुढामगरका अनुसार ग १ ज ४०३५ नम्बकरको जीप दुर्घटना हुदा एक जनाको घटनास्थलमा मृत्यू भएको छ, भने १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी पातारासी गाउँपािलका १ निवासी अन्दाजी ४२ बर्षिय छोदेन लामाको मृत्यू भएको र १५ जना घाइते भएका प्रहरीले जानकारी दिए । घाईते मध्य दुई जनाको अवस्था गम्भिर रहेको पनि प्रहरील जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले जीप सडकबाट ५० फिट तल तिला नदिको किनारामा खसेको हो । जीपमा सवार मानिसहरु उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुरयाई उपचार भईरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार ६३ बर्षकी मिनजम लामा र ८७ बर्षका कार्मा लामा गम्भिर घाईते छन् ।
यसैगरी घाईते हुनेमा १३ बर्षिय उर्गेन लामा, ७४ बर्षका छिरिड सांमु लामा, २४ बर्षकी छिरिड पुटिक लामा,४२ बर्षका जिग्मे लामा, १२ बर्षका उर्गेन हेग्जीन लामा, १७ बर्षका पेमा लामा, २३ बर्षका निमा सांमो लामा रहेका छन् ।
यसैगरी १७ बर्षका तुलसंग तामाड, ४० बर्षका कार्मा लामा, २० बर्षका छिरिड पाल्जोर लामा, २७ बर्षका यसी तामाड र ४ बर्षका सनम तामाङ रहेका छन् ।
जीप चालक र सहचालक फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेको जीप चालक भने फरार छन् । चालकको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक यमबहादुरबुढा मगरले जानकारी दिए ।
पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह वोहरा र उपाध्यक्ष जनमाया रोकाया पनि घाइेतको अवस्था बुझ्न अस्पताल पुगेका छन् । घाइतेका आफन्तहरु पनि कर्णाली स्वास्थ्य प्रतिष्ठान पुगेको प्रहरीले जानकारी दिए । घाईतेको उपचारका लागि अस्पताल निर्देशक राजिव शाह सहित ईमरजेन्सी सहितका अतिआवश्यक क्षेत्रमा जनशक्ति बढाएको छ ।