जुम्लामा आठौँ राष्ट्रिय योग दिवस : निरन्तरता दिनु पर्नेमा जोड

जुम्ला :  योग शिक्षा स्वस्थकर जीवनको लागी माहत्पुर्ण मानिएको छ । आठौँ राष्ट्रिय योग दिवस जुम्लामा पनि मनाइएको छ ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । जसका कारण माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ ।
योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुने बिश्वास रहिआएको यस सम्बन्धी जानकार हरु बताउँछन ।

योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले जुम्लाका आयुर्वेद स्वाथ्य केनद्रका डाक्टर प्रतिभा शर्माले बताइन । उनले भनिन, आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोध , अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग भन्ने गरिन्छ ।
योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लाग्नुभएका स्नातकोत्तर योग विज्ञान एसोसिएसन नेपालका अध्यक्ष क्षितिज बाराकोटीको विश्वास छ ।


त्यस्तै मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञान नै योग भएको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बताए । उनले भने मनिस स्वाथ्य रहनको लागी योग आबश्यक छ ।योग सबैका लागि सधैँका लागि भएकामा नियमित हुने पर्ने बताए ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थितरूपमा अघि बढ्ने माध्यम योग भएको बताए । उनले भने, हरेका नागरिकले योग र ध्यान जरुरी रहेको बताए । उनले भने , मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरिएको हो । उनका अनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ल अधिकारीको अध्यक्षता योग दिवस मनाउने निर्देशन पनि छ । योग दिवसको लागी मात्रै नभइ सधैभरीका लागी पहल गर्ने बताए ।

 

 स्वस्थ जीवनको चाहना ः योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस जुम्लामा पनि सरोकारवालाको सहभागीतामा मनाइएको छ ।अहिले योगलाई स्वास्थ्य, ध्यान र साधनकारुपमा उपयुक्त पद्धती मानिन्छ ।

सम्बन्धित समाचार