जुम्ला ः नेपालसरकारले कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको दिन छनोट गरी पहिलो पटक जैविक विविधता दिवस मनाउने गरेको छ । जस अत्तरगत जुम्लामा पनि यो दिवस एक कार्यक्रमका बिच मनाइएको छ । सरकारले यस वर्षदेखि पहिलोपटक यो दिवस मनाउन लागेको हो ।‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मुख्य नाराका साथ माघ एक गते देखी राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउने गरिएको कृषि बिकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश बहादुर अधिकारीले बताए । उनका अनुसार सरकारले कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको दिन छनोट गरी यस वर्षदेखि पहिलोपटक यो दिवस मनाउन लागेको हो ।
प्रमुख अधिकारीले ,माघे सङ्क्रान्तिमा परम्पराअनुसार, सेलरोटी, शखरखण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा, मासु, घुँगी, अण्डालगायत परिकार बनाएर खाने परम्परा छ । यसकारण कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन एवं स्वच्छ वातावरणको मुख्य आधार भएको सरकारले उल्लेख गरेको छ । उनले भने,”सरकारले बजेट वक्तव्यमार्फत २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।जुम्लामा कृषि बिकास कार्यलय र चन्दननाथ बहुउद्देशिय सहकारीको आयोजनामा पहिलो पटक मनाइएको छ । उनले भने,” जुम्ला जिल्ला आफैमा पनि जैविक स्रोतको धनी जिल्ला हो । त्यसैले यहाको जैबिक स्रोत नागरिककोे जीविकोपार्जन, परम्परा, तथा संस्कारसँग जोड्न आबश्यक छ ।
त्यस्तै जिल्ला समन्वय प्रमुख गौरी नन्दआभार्यले परापूूर्वकालदेखि नै हिमाली क्षेत्रका बासिन्दा जैविक स्रोतमाथि पूर्ण रूपमा आश्रित हुँदै आएको बताए । उनले भने,आफ्नै परम्परागत ज्ञान तथा सीपले यसको दिगो संरक्षणमा सबै लाग्न जरुरी छ । उनका अनुसार पछिल्लो समयमा यस्ता परम्परागत ज्ञान तथा सीप लोप हुँदै गएको छ । ’जीवतथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ विभिन्न कार्यक्रमहरू गरी यसवर्ष दिवस मनाउने सरकारको निणर्य राम्रो हो ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले भने यो दिवसले खासगरी ‘उपयोगमार्फत संरक्षण’ को मूल मन्त्रलाई व्यवहारमा लागू गर्न कृषि जैविक विविधता र विभिन्न समुदायको मौलिक खाद्य संस्कृति र खाद्य परिकारबीचको अन्तर सम्बन्धलाई उजागर गर्ने बताए । उनका अनुसार कृषि जैविक विविधता संरक्षणको महत्त्वबारे आम कृषक र सरोकारवालाहरूलाई जागरुक हुन आबश्यक छ ।
त्यस्तै चन्दननाथ बहुउद्देशिय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले यस वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने नेपाल सरकारले निर्णय महत्पुण भएको बताए । उनले भने , हाम्रो सहकारीले पनि यहाको जैबिक विविधता सम्बन्धी बिभिन्न काम गरेको छ ।
यस्तो खालको सचेतनामूलक, संरक्षणमूलक, मूल्य शृङ्खला विकास, अध्ययन तथा तथ्याङ्क अद्यावधिक गर्ने लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न आबश्यक छ । उनका अनुसार यो दिवसले कृषि जैविक विविधता र बालीका रैथाने जातहरूको संरक्षण तथा प्रबोधनमा राहत पुग्ने बताए ।
त्यस्तै कृषि जैविक विविधता खाद्य सुरक्षा र पोषणको मूल आधार हो । यो सिमान्तकृत समुदायको आय तथा जिविकोपार्जनको प्रमुख स्रोत पनि हो । तथापि वासस्थान विनाश, मिचाहा प्रजातिको प्रवेश, भू–उपयोगमा परिवर्तन तथा जलवायु परिवर्तनलगायतका कारण कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्र रूपमा बढ्दै गएको छ ।
त्यस्तै नेपालमा कृषि जैविक विविधताको महत्त्व, यसको संरक्षण र दिगो उपयोगको आवश्यकतालाई दृष्टिगत गरी विभिन्न संवैधानिक र नीतिगत व्यवस्थाहरू गरिएका छन् । यसै गरी कृषि जैविक विविधताको महत्त्वलाई दृष्टिगत गरी यसको संरक्षण गर्ने दिशामा तीनै तहका सरकारहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।