२० लाख धरौटीमा सन्दीपलाई थुनामुक्त गर्न उच्च अदालतको आदेश

काठमाडौं । नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।

उच्च अदालत पाटनले बिहीबार उनलाई २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । उच्चले जिल्लाको आदेश उल्ट्याउँदै धरौटीमा छाड्न आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी उच्च अदालत पुगेका थिए । उच्चले थुनामुक्त गर्न आदेश दिए पनि विदेश भ्रमणमा भने रोक लगाएको छ । जिल्ला अदालतमा विचाराधीन रहेको बलात्कार मुद्दा अब उनले जेल बाहिरै रहेर लड्ने छन् ।

उच्च अदालत पाटनका सूचना अधिकारी दिनेश पौडेलका अनुसार विभिन्न सर्तको आधारमा सन्दीपलाई धरौटीमा छोडिएको हो । आदेश २० पेजको छ सबै विवरण भोलिसम्म आउँछ, पौडेलले भने ।

सम्बन्धित समाचार