मन्त्रिपरिषद् विस्तारबारे छलफलका लागि बालकोट पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बुधबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

भेटमा दुई नेताहरूबीच मन्त्रिपरिषद् विस्तारबारे कुराकानी भएको बताइएको छ । प्रचण्डले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

बुधबार सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति भइसकेको छ । मुख्यमन्त्री नियुक्ति भइसकेपछिको भेटघाटलाई महत्त्वका साथ हेरिएको छ ।

केन्द्रको सहमति उल्ट्याउँदै कतिपय प्रदेशहरूमा माओवादी र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ । त्यस्तै प्रदेशका सभामुख, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा सत्ता गठबन्धनमा सहमति जुटाउने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार