काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । संविधानको धारा १६८ ९२० बमोजिम गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । यसअघि लुम्बिनीमा शंकर पोखरेल ९दुईपटक० र कुल प्रसाद केसी ९एकपटक० मुख्यमन्त्री भएका थिए।
गिरीले आजै प्रदेश प्रमुखको कार्यालय बुटवलमा २ स्वतन्त्रसहित ५८ सांसदको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यो सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदहरू छन् ।
गिरी सरकारलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सांसदहरूको समर्थन छ ।
८७ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् ।
को हुन् गिरी ?
गुल्मीको रुरु गाउँपालिका( ५ मा २०११ चैत १४ गते गिरीको जन्म भएको हो । इन्दिरा गिरीसँग वैवाहिक बन्धनमा बाँधिएका गिरीका दुई छोरी र एक छोरा छन् । गिरीले स्नातकसम्मको अध्ययन गरेका छन् ।
वि।सं। २०३१ देखि कम्युनिस्ट राजनीतिमा होमिएका गिरी २०४९ मा गाविस अध्यक्ष भएका थिए । त्यसयता उनी पार्टीका विभिन्न भूमिकामा सक्रिय रहँदै आए । अघिल्लो पटक पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरी यसपटक भने मुख्यमन्त्री बन्न सफल भएका हुन् ।
यस्तो छ गिरीको राजनीतिक जीवनः
२०३१ सालदेखि कम्युनिस्ट आन्दोलनमा सहभागी
२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी
२०३७ सालको मजदुर आन्दोलनमा सहभागी
२०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष
२०३७ सालमा शिक्षक आन्दोलनमा सहभागी
२०३९ सालमा क्रान्तिकारी बुद्धिजीवी संघमा आबद्ध
२०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य ९भूमिगत०
२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य
२०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव
२०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव
२०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्ष
२०६१ मा शाही कुविरुद्धको आन्दोलनको नेतृत्व र जेल यातना
२०६२र६३ मा जनआन्दोलनको जिल्ला कमाण्डर
२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख
२०७१ सालमा नेकपा एमालेको नवौँ महाधिवेशन केन्द्रीय कमिटी सदस्य
२०७७ मा नेकपा केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष
२०७८ मंसिरमा एमाले दशौँ महाधिवेशनदेखि पोलिटब्युरो सदस्य
२०७९ पुसमा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेता
यस्तो छ गिरीले पाएको राजकीय जिम्मेवारीः
२०४९ मा पहिलो गाविस अध्यक्ष
२०७४ मा प्रदेशसभा सदस्य
२०७४ चैत ५ गतेदेखि २०७८ वैशाख ६ गतेसम्म प्रदेशको मन्त्री
२०७९ मा प्रदेशसभा सदस्यमा निर्वाचित
२०७९ पुसमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त