यस्तो छ मुख्यमन्त्री र सभामुखको भागबण्डा र आलोपालो

काठमाडौं। सत्ता गठबन्धनमा मुख्यमन्त्री र सभामुखको भागबण्डा मिलेको छ । सुदूरपश्चिम र बागमतीमा एमाले माओवादीबीच आलोपालो मुख्यमन्त्री बन्ने छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ । बागमतिमा माओवादी केन्द्रको मुख्यमन्त्री बन्ने छ ।

उता मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।

यस्तो छ भागवण्डा

मुख्यमन्त्री

प्रदेश १ – एमाले

मधेश – जनता समाजवादी र जनमत पार्टी आलोपालो

बाग्मती – माओवादी केन्द्र र एमालेले पालैपालो

गण्डकी र लुम्बिनी – एमाले

कर्णाली – माओवादी केन्द्र

सुदूरपश्चिम – एमाले र माओवादी आलोपालो ।

सभामुख

मधेस, कर्णाली – एमाले सभामुख

प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी

बागमतीमा – राष्ट्रिय प्रजातन्त्र पार्टी

उपसभामुख

प्रदेश १ र गण्डकी – एमाले

बागमती र कर्णाली – माओवादी

लुम्बिनी–राप्रपा

मधेश प्रदेश– जनमत पार्टी

सुदूरपश्चिम– नागरिक उन्मुक्तिलाई प्रस्ताव

सम्बन्धित समाचार