काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा ७ वटा प्रदेशका सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
पहिलो चरणमा १ नंं प्रदेशमा एमाले , मधेश प्रदेशमा जसपा ,बागमति प्रदेशमा माओवादी, गण्डकी प्रदेशमा एमाले , लुम्बिनी प्रदेशमा एमाले, कर्णालीमा माओवादी र सुदरपश्चिम प्रदेशमा एमालेको मुख्यमन्त्री हुने भएका छन् ।
दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेश सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा सहमति भएर भागबण्डा भएको बालुवाटार स्रोतले बताए ।
आजै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।