काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।
आइतबार प्रदेश प्रमुख प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाले संसदीय दलका नेता कार्कीले आइतबार दिउँसो ६० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कार्कीलाई एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ जना गरी ६० सांसदको समर्थन छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्दथ्यो । योसँगै प्रदेश १ को प्रदेशसभामा कांग्रेस र नेकपा एकीकृत समाजवादी प्रतिपक्षमा पुगेका छन् । कांग्रेससँग २९ र नेकपा एससँग ४ सांसद छन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीको पद तथा गोपनीयताको शपथ भोलि हुनेछ ।