बिपतले २०६३ को अबस्थामा फर्किएको कर्णाली राजमार्ग स्तरबृद्धि बजेट माग

जुम्ला : जुम्ला हुर्दै सुर्खेत जाने कर्णाली राजमार्ग गत असोजमा आएको बाढी पहिरोले २०६३मा फर्काएको छ ।कर्णाली राजमार्गको २०६३मा नयाँ कच्चि ट्रयाक खुलेको थियो । सुर्खेत देखी जुम्ला सम्मको २३५ किलोमिटरको राजमार्ग यस पटकको बाढि पहिरोले यस्तो अवस्थामा पुगेको हो ।
कर्णालीवासीको जीवन रेखाको रुपमा रहेको कर्णाली राजमार्ग विशेषगरी सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र नाग्म गमगडि राजमार्गबाट मुगु जिल्लामा यातायात संचालन पनि आवत जावत र बस्तु विनियमयको हिसावले फड्को मारेको देखिन्छ ।
राजमार्गको स्तरबृद्धि हुन नसक्दा यात्रुलाई पिडादायक यात्रा गरिरहनु पनबात्तयता छ । बिपतबाट दर्जनौ स्थानमा बाढि पहिरोले राजमार्ग क्षतविच्छेद वनाउदा हैरान भएको छ ।

कर्णाली क्षेत्रमा आएको अप्रत्यासित बिपले धनजनको ठूलो क्षेति त भएको छ भने अर्को तिर राजमार्गको कैयौ स्थानमा भत्किदा र पहिरो आउदा पञ्छाउदै हैरान भएको छ । सो क्षेत्रमा पञ्छाउदै गर्दा पनि पहिरो आईरहेको हुन्छ ।

बिपतमा आएको बाढी पहिरोले भत्काएको राजमार्ग काम चलाउ गर्न तिब्र गतिमा सड्क डिभिजन जुम्ला र सरोकारवाला लाग्दा पनि १५ दिन पछि संचालनमा आएको राजमार्ग अहिले कैयौ स्थानमा अस्थायी जाली प्रयोग गरे सवारी पास तथा मालवाहक साधन क्रस भईरहेका छन् । पहिरोले कालोपत्रे गरिएका क्षेत्रपनि कच्चिमा परिणत भएका छन् ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महत बताए ।उनले भने यो राजमार्गमा विशेष प्याकेजको आयोजना र बजेट आवश्यक हुन्छ, यसमा सरकार र कर्णालीका जनप्रतिनिधिले जोड दिनुपर्छ ।
सड्क डिभिजन कार्यालय जुम्ला निरन्तर मर्मत सम्भारमा सड्कमा खटिएपनि धेरै क्षेत्रमा बाढि पहिरोले भत्काएपछि थेग्न नसकिने भएको छ । सवैभन्दा बढी जुम्ला र कालिकोट खण्ड र त्यपछि दैलेख खण्डका विभिन्न क्षेत्रमा राजमार्ग भत्किएको छ ।
हवाई यातायात भरपर्दो नभएको र सर्वसाधारणले हालको चर्को भाडा तिर्न नसक्ने स्थिति रहेकाले यातायातको एकमात्र बिकल्प कर्णाली राजमार्ग हो ।
यात्रा एकातिर वाध्यात्मक अवस्था भएको छ भने मालवाहक ठूला साधनहरुलाई त यस क्षेत्रमा सास्ति वोक्नु परेको छ । यात्रुहरु भन्छन, कति वेला कुन क्षेत्रमा के हुने हो थाहा छैन् ।
कर्णाली राजमार्गबाट यात्रा गर्दा यात्रुका फरक फरक पिडा छन्, बिपतपछि राजमार्गमा यात्रा गरेपछि जुम्लाका मनऋषि धिताल भन्छन, कर्णाली र नाग्म गमगडि राजमार्गमा बाढि पहिरोले माथिबाट पहिरो आउनलाई ठिक्क तयारी भए जस्तो धेरै स्थानमा छ ।

यस पटक पहिरोले धुलो अत्याधिक बढेको छ, यो क्षेत्रमा बर्खामा हिलो झन बढ्ने देखिन्छ । कर्णाली राजमार्गका यात्रु हिमा गाउँपालिका १ निवासी मानबहादुर शाही बताउछन । यसपटक कर्णाली राजमार्गको यात्रा ढुक्क साथ यात्रा गर्न कठिन अवस्था छ । अझ बर्खा याममा कस्तो होला ?
त्यस्तै राष्ट्रि«य मानव अधिकार आयोगले समेत यो राजमार्गमा बिपत पछि अनुगमन गरेको छ । जुम्ला शाखाका निमित्त प्रमुख धनराज शाहीका अनुसार कर्णाली राजमार्ग एक तर्फ ट्याक समेत भत्किने डर देखिएकाले सरकारले दुईलाईन सड्क खोल्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

पहिलोको अवस्थामा ल्याउन दुई अर्वको बजेट माग
राजमार्गमा काम गर्ने ईन्जिनियर देखी कर्मचारीको आखामा पनि राजमार्ग पहिलाको अवस्थामा फर्काउन कठिन छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग बिपतले क्षेतबिच्छेद बनाएपछि नियमित बजेट प्रयोग गरेर काम त भईरहेको छ, यसका साथै पुर्व अवस्थामा ल्याउन रु दुई अर्वको योजना अघि सारेर सम्वन्धित निकायमा पेश गरिएको छ ।

उनका अनुसार सो बजेटको माग अहिले अर्थ मन्त्रालयमा पुगेको छ । केही क्षेत्रमा कालोपत्रे अन्य निर्माण तथा पहिरो.पञ्छाउन यो बजेट स्विकृत भएमा सहयोग पुग्नेछ । जिल्ला विपत व्यवस्थापन समितिको सिफारिस आवश्यक रहेकाबताए । मुगुले निर्णय पठाईसकेको छ भने जुम्ला र कालिकोटको सिफारिस वाँकी रहेको सडक डिभिजन कार्यालयले बताएको छ ।

डिभिजन सड्क कार्यालयका सूचना अधिकारी तथा ईन्जिनियर चित्र चौलागाईका अनुसार राजमार्गका लामो भागमा पहिरो पञ्छाउने कामका लागि ठेक्का अगाडि बढाईएको छ । सवैभन्दा ठूलो पहिरो नाग्म देखी रारा खण्ड, धनाडा–राजुली खण्ड, राताडाव खण्ड, एस मोड सहित विभिन्न स्थानमा ठूलो पहिरो छन् ।

यसका साथै दही खोला देखी जुम्ला मात्रै एक सय स्थानमा पहिरो गएको बताए । उनका अनुसार यस बर्ष राजमार्ग बाढि पहिरो आएपछि प्राविधिक टोलीको बासनै राजमार्गमा बढि हुने गरेको छ ।

सेरिगाडमा एक हप्ता अघि ठूलै सुख्खा पहिरो आएपछि जाली तथा ग्याविन पर्खाल लगाउने काम भईरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । यस बर्ष समयमै बजेट प्राप्त भएन भने जतिवेला पनि पहिरो आउने र दुर्घटना हुने डर भएको प्राविधिकहरु बताउछन् ।यस पटक असोज १९ आएको बाढि पहिरोले कर्णाली राजमार्ग अन्तरगत राँचुलीमा मलामी गएका १३ जनाको मृत्यू भएको दर्दानाक घटना भएको थियो ।

 

 

 

 

सम्बन्धित समाचार