जुम्ला ः जुम्लाको तातोपानी गाउँपालिकाले वालविवाह न्यूनिकरण सम्वन्धी रणनिति तथा कार्ययोजना पारित गरेको छ। तातोपानी गाउँपालिकाले १२ औ गाउँसभाबाट उक्त कार्ययाृजना पारित गरेको हो । यो संगै तातोपानी ११ वटा ऐन, नियमावली, निर्देशिका र कार्यविधी पारित गरेको छ ।
गाउँपालिकाका अनुसार गाउँसभाको वन्दसत्र बाट गाउँपालिका लाई आवश्यक कानून पारित भएको जानकारी गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतका अनुसार १२ औ गाउँसभा सम्पन्न भएको छ । उनका अनुसार वन्दसभाले ११ वटा महत्वपूर्ण नितिगत बिषयका ऐन, कानून, रणनिति, निर्देशिका र कार्यविधी पारित गरेको हो ।
गाउँपालिकाको शिक्षा ऐन, संशोधन २०७९, तातोपानी गाउँपालिका शिक्षा नियमावली २०७४ पहिलो संशोधा २०७९, तातोपानी गाउँपालिकाको सार्वजनिक सम्पतिको संरक्षण तथा व्यवस्थापन निर्देशका २०७९, तातोपानी गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९, सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा निर्देशिका २०७९, तातोपानी धारा खानेपानी सरसफाई तथा स्वच्छता सूचना व्यवस्थापन प्रणाली निर्देशिका २०७९ पारित भएका छन् ।
यसैगरी खानेपानी गुणस्तर तथा अनुगमन निर्देशिका २०७९, तातोपानी गाउँपालिकाको स्थानीय पूर्वाधार मर्मतसम्भार कोष तथा कार्यसंचालन कार्यविधी २०७९, तातोपानी गाउँपालिका स्थानीय पुर्वाधार विकास आयोजना संचालन कार्यविधि २०७९, यसैगरी ५ बर्षिय तातोपानी गाउँपालिका वालविवाह न्यूनिकरण सम्वन्धी रणनिति तथा कार्ययोजना समेत पारित गरेको छ ।
यसैगरी गाउँसभाको उद्घाटन कार्यक्रममा दुई उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ । योजना शाखाका ओमबहादुर चन्द्ध र ईन्जिनियर डिल्ली बुुढालाई जनही १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै गाउँसभामा वोल्दै प्रतिनिधिसभा सांसद विनिता कठायतले गाउँपालिकाको विकासमा पनि आफुले आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरिन । उनले पर्यटकीय केन्द्र तातोपानीको विकासमा जोड दिनुपर्ने बताउदै गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य, महिला वालवालिका तथा सिंचाईका सवालमा जोड दिन सुझाव दिइन ।
त्यस्तै गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले तातोपानीले तातोपानी टाईम्स लागु गरेको बताए । उनले भने, महिला स्वास्थ्य स्वंसेविकालाई मोवाईल वितरण गरिएको छ । अध्उक्ष चौलागाइले गिडिदह सम्मेलन, घुम्ति शिविर, जस्ता महत्वपरण कार्य सम्पन्न भएका छन । उनका अनुसार विधुती हाजिर, र असोजमै ९० प्रतिशत योजना सम्झौता, भएका छन । तातोपानीका अध्यक्ष र प्रशासकीय अधिकृत विचमा कार्यसम्पादन सम्झौता भएको छ ।
त्यस्तै नेपाल पत्रकारमहासंघका अध्यक्ष नेत्र नेत्रबहादुर शाहीले तातोपानी गाउँपालिकाले त्रिवेणी जाजरकोट वाटो, थलाले टावर, तातोपानी धाराको थप व्यवस्थापन गर्न आवश्यकता बताए । यसको नेपाल पत्रकार महासंघले समन्वयसहकार्यको लागी तयार रहको बताए । अध्यक्ष शाहीले ऐतिहासिक गिडिदहलाई थप चिनाउने सम्मेलन, तातोपानी मिडिया सम्मेलन सहित अन्य विकासका कार्यक्रमहरु नमूना भएकाले आगामी दिनमा जुम्ला जाजरकोटको सिमामा कार्यक्रम राखेर वैकल्पिक राजमार्गको अभियान शुरु गर्न पालिकालाई अनुरोध समेत गरेका छन ।
त्यस्तै जिल्ला समन्वय समितिका सदस्य नरविर सुनारले विकासका काममा गाउँपालिकाले समन्वय सहकार्य गर्न आवश्यक रहेकोमा दिए ।
त्यस्तै खउपाध्यक्ष रेवति रावलले गाउँपालिकाले सामाजिक क्षेत्रमा गरेका कामको जानकारी गराउदै सभाले ५ बर्षिय तातोपानी गाउँपालिका वालविवाह न्यूनिकरण सम्वन्धी रणनिति तथा कार्ययोजना सहित महत्वपूर्ण नितिगत दस्तावेज पारित गर्ने बताइन ।