जुम्ला ः सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले तुवाइएको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघिय सरकारले अगाडी बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको सचिवालयले जनाएको छ ।
यस अघि कर्णाली प्रदेशसभामा दर्ता गरेपनि पारित नभई तुईएको विधेयक संघीय संरकारले अगाडि बढाएको छ । शुक्रवार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयमा अगाडि बढाईएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।
सिञ्जा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गईसकेको र अन्य प्रक्रियाका लागि काम शुरु हुने भएको छ । कर्णाली प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद नरेश भण्डारीले कर्णाली सभामा गैर सरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व सांसद भण्डारीले नयाँ सरकार सँग पहल गरेर अगाडि बढाएका हुन् ।
त्यस्तै पूर्व सांसद भण्डारीले विधेयक सरकारले अगाडि बढाएपछि खुशी व्यक्त गरेका छन् । भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितिको अन्तिम संघारमा पुगेरपनि सामाजिक विकास समितिमा तुहाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने सुखद परिस्थिति सिर्जना भएको छ ।
ऐतिहासिक महत्वको सिञ्जा सभ्यता विधेयक संघीय व्यवस्थापिकाबाट पारित गर्ने प्रयोजनका लागि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ ले शुक्रवार तोक लगाएर औपचारिक ढंगले अगाडी बढाइएको छ ।
भण्डारीका अनुसार विभिन्न मन्त्रालयहरूको राय सहमति पश्चात मन्त्रिपरिषदबाट पारित भएर संघिय व्यवस्थापिकामा पेश हुनेछ । भण्डारी भने, नेपालको मुल सभ्यता सिञ्जा सभ्यताको संरक्षण र विकासका लागि निसन्देह यो कदम ऐतिहासिक कोषेढुंगा सावित हुनेछ ।
कर्णालीको समृद्धि तथा खुसी हासिल गर्ने लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको बहुप्रतिक्षित यस महत्वपुर्ण कार्यका लागि सम्माननीय प्रधानमन्त्री प्रति हार्दिक आभार छ ।
कर्णालीसभामा सफल हुन नसकेको विधेयक अगाडि बढ्दा कर्णालीवासीहरु खुशी भएका छन् । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सिजा सभ्यता संरक्षण विधेयकलाई संघीय संसदबाट पारित गराउनु पर्छ भन्ने हाम्रो आवाजले अब सार्थकता पाउन लागेको कुराले खुशि तुल्यायको छ ।उनका अनुसार पहलकर्ता भण्डारीलाई हार्दिक धन्यवाद छ । यसका लागि सम्मननीय प्रधानमन्त्री ज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं ।
उत्तम कामको सुरुवातले सिञ्जा जुम्लाबासीको हित हुनुकासाथै नेपालकै पहिचान हुने कुरामा कुनै दुईमत छैन यो कार्य को लागि अहोरात सिजा सभ्यताको सत्य सही कल्पनाको पुरातात्विक उत्खलन र संम्बद्र्धनको लागि दिन रात निरन्तर खुट्किला टेक्दै अगाडि बढिरहनु हुने समाजसेवी मंन्त्री नरेस भन्डारी र देसकै गहाना सम्मानिय क प्रधान मंन्त्री पुस्प कमल दाहाल ज्यु लाई सिजा सब्बेताको पुर्ण कार्य सफल मिसन पास गरि कार्य नयन गर्न को लागि जुम्ली जन्ताको तर्फ बाट हार्दिक हार्दिक अपिल गर्दछु । यस्तै कर्णालीसभामा पारित हुन नसकेको विधेयक संघीय सरकारले अपनत्व लिएकोमा खुशी र शुभकामनाले सामाजिक सञ्जाल तात्तिएको छ ।
१२ औ सताब्दीमा तिब्बतीयत मुलका राजाले नागराजले स्थापना गरेको खस सभ्यताको मुहान सिंजा नेपाल एकिकरणको समयमा वहादुर शाहले बि.सं १८४६ मा सिञ्जा राज्यको कब्जा गरेको ईतिहास छ । आधिकारिक संरचना नहुदा अहिले सम्म सिंजा क्षेत्रको तत्कालिन पुरातात्विक संरचना संरक्षण हुन सकिरहेको छैनन् ।
सरकारले आधिकारिक खोज अनुसन्धान, खसभाषाविद्धहरुको अध्ययन अध्यापन र आधुनिक विकासका लागि लागि आधिकारिक संरचना अगाडि बढाएको हो । प्रधानमन्त्री प्रचण्डले निर्वाचन अघि जुम्लामा गरिएको चुनावीसभामा सिंजा सभ्यता विधेयक अगाडि बढाई प्रतिष्ठानकै रुपमा लिने प्रतिवद्धता गर्नुभएको थियो । वि.सं २०७८ सालमा विधेयकका लागि कर्णाली प्रदेशसभाले सिंजाको कनकासुन्दरीमा पूर्व सांसद भण्डारी सहितको उपस्थितिमा वृहत सूझाव संकलन तथा नेपाल पत्रकार महासंघ जुम्ला र जुम्ला वहुमुखी क्याम्पसले सिंजा सहित त्रिविधेयकको बिषयमा वहश कार्यक्रम, जुम्ली सेवा समाजले कर्णालीको राजधानी सुर्खेतमा मस्यौदामाथी छलफल गरेको थियो ।
यस पुर्व सांसद भण्डारीले २०६४ मा जुम्लाबाट पहिलो संविधानसभा सदस्य हुदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विधेयक २०६८ मा तत्कालिन समय दर्ता गराएर ऐन मार्फत कर्णाली प्रतिष्ठानको स्थापना भएको छ । जुन दुर्गम क्षेत्रको नमूना स्वास्थ्यको संरचनाको रुपमा स्थापित भएको र हाल डाक्टर समेत उत्पादन गरेर अगाडि बढिरहेको छ ।