गठबन्धनको भागवण्डा मिलाउन प्रचण्ड निवास खुमलटार पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । सत्ता गठबन्धनको भागवण्डा मिलाउन प्रचण्ड र ओलीबीच छलफल जारी रहेको छ ।
ओली प्रचण्ड निवास खुमलटारमा दुई बर्ष नौ दिन पछि गएका हुन् ।

एमाले र माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रिपरिषद् विस्तार अरु भागवण्डाका विषयमा छलफल गर्न गठबन्धनका दुई शीर्ष नेताबीच अहिले खुमलटारमा वार्ता भइरहेको छ ।

नेकपा विभाजनपछि ओली पहिलोपटक प्रचण्ड निवास पुगेका छन् । २०७७ पुस ४ मा ओली खुमलटार गएका थिए । त्यसपछि ओली बुधबार खुमलटार पुगेका हुन् ।

सम्बन्धित समाचार