फोरजी सेवाको पहुँचमा जुम्लाको सिँजा गाउँपालिका

जुम्ला ः जुम्लाको सिँजा गाउँपालिकामा फोरजि सेवा संञ्चालन भएको छ । सिजाका नागरिकलाई प्रविधि र सुचनाको पहुँचमा ल्याउनका लागी सिजागाउँपालिकाको धौलीढुस्कामा फोरजि सेवा जडान गरिएको हो ।सिजा गाउँपालिकामा पहिलो पटक फोरजी सेवा शुभारम्भ गरेको सिजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनका सिजामा सबै नागरिकले घरमा वाइफाइ जडान गर्न सक्ने अवथा छैन त्यसैले फोरजि सेवा संञ्चालनमा ल्याइएको हो ।

अब देखी सबैले ,नेट र इन्टरनेट सजिलै चलाउन सक्ने छन ।अध्यक्ष धिताले भने,प्रविधिको युगहो तर यहाका नागरिक इन्टनेट सेवाबाट बञ्चित थिए । अब यहाका नागरिकलाई देश विदेशका गतिविधि थाहाँ पाउन सजिलो हुने छ । संघियता पछि हरेका क्रियाकलाप गाउकेन्द्रीत छन ।
फोरजि सेवाले पालिकामा संञ्चालन हुने तालिम गोष्ठी ,अनलाइन फारम भर्न र यहाका विद्यार्थीलाई अनलाइन कलास लिन पनि सजिालो हुने छ ।

फोरजी सेवा सञ्चालनमा आएपछि सिजामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक लाई पनि सहज हुने भएको छ । फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ । सिजागाउँपालिकाको पहलमा र नेपाल टेलिकम शाखा जुम्लाले प्राविधिक सहितको टोली फोरजी सेवा संञ्चालनका लागी पठाएको थियो । नेपाल टेलिकमले पछिल्लो समयमा जुम्लाका बिभिन्न ठाउमा टावर जडान गर्ने कार्यको थालनी गरेको बताएको छ ।

 

सम्बन्धित समाचार